Breaking News

सार्क देशका राष्ट्रप्रमुखको जीवनी

Feb Tue 2020 05:40:46

792 views

सार्क देशका राष्ट्रप्रमुखको जीवनी

सार्क राष्ट्रका नेता : विश्वकै वुद्धिजीवीदेखि शक्तिशाली महिलासम्म

सुशील कोइराला,  प्रधानमन्त्री नेपाल

sushil koiralaसुशील कोइराला नेपालका ३८ औं प्रधानमन्त्री हुन्। कोइराला नेपालको व्यवस्थापिका संसदबाट २०७० माघ २७ गते प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्।   हाल उनी नेपाली कांग्रेस पार्टीका सभापति छन्।  सुशील कोइरालाको जन्म पिता बोधप्रसाद र माता कुमुदिनीका ज्येष्ठ सुपुत्रका रूपमा विराटनगरमा भएको हो। सुशीलको जन्म सन् १९३९ मा भएको थियो। उनका ६ भाइ र एक बहिनी जन्मेका हुन्। सुशील अविवाहित छन्। वन अधिकृत बोधप्रसाद जागीरका सिलसिलामा बाँके जिल्ला, नेपालगञ्ज पुगेका हुन्। त्यसपछि कोइराला परिवारको बसोबास नेपालगञ्ज मै भएको हो। विश्वेश्वरप्रसाद कोइरालाको प्रजातान्त्रिक समाजवादी धारणाबाट प्रेरित भई २०१० सालदेखि राजनीतिमा सक्रिय रहँदै आएका हुन्। बीपी कोइरालाको निधनपछि नेता गिरिजा प्रसाद कोइरालासँग सोसलिस्ट इन्टरनेसनलसँग पार्टीको सम्बन्ध विस्तार गर्न युरोप र अमेरिका भ्रमण गरेका सुशिलले समाजवादी नेता बिली ब्रान्ट, ब्रुनो कास्की तथा अन्य युरोपेली र अमेरिकी नेतासँग समाजवादी आन्दोलन सम्बन्धमा छलफल गरेका थिए।

नरेन्द्र मोदी, प्रधानमन्त्री, भारत

NARERNDRA MODI१७ वर्षसम्म भारतीय प्रधानमन्त्रीले नेपाल भ्रमण नगरेको अवस्थामा नरेन्द्र मोदीले प्रधानमन्त्रीको कार्यभार सम्हालेलगत्तै नेपाल भ्रमण गरेका थिए । बाल्यकालमा उनी हिमालय क्षेत्रतिर ज्ञानको खोजीमा हिँडेको उनी स्वयंले बताए पनि हिमालय क्षेत्रतिर भौँतारिने क्रममा उनी नेपाल आइपुगेका थिए वा थिएनन् भन्नेबारे उनले मुख खोलेका छैनन् । क्षेत्रीय दलहरू बलियो बन्दै गएकाले भारतमा स्पष्ट बहुमतप्राप्त पार्टीको स्थिर सरकार गठन हुन नसक्ने विश्लेषण सर्वत्र भइरहेका वेला मोदीको नेतृत्वमा निर्वाचनमा होमिएको भारतीय जनता पार्टी ९भाजपा०ले बहुमत हासिल गरेको थियो । प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि नेपाल आएका वेला यहाँको व्यवस्थापिका–संसद्लाई सम्बोधन गर्ने क्रममा मोदीले सार्क सम्मेलनमा सहभागी हुन आफू पुनस् नेपाल आउने जनाएका थिए । भारतको हिन्दुवादी संगठन राष्ट्रिय स्वयंसेवक ९आरएसएस०को सदस्य भई राजनीतिक तथा सामाजिक अभियानमा होमिएका मोदीले पछि आफूलाई पूर्णतस् राजनीतिमा केन्द्रित बनाएका थिए । प्रधानमन्त्री बन्नुअघि उनले भारतीय राज्य गुजरातको मुख्यमन्त्री पदमा ह्याट्रिक मारेका थिए । प्रधानमन्त्री भएलगत्तै सार्क राष्ट्रका सरकार प्रमुखहरूलाई आफ्नो सपथग्रहण कार्यक्रममा उपस्थित गराएर मोदीले सुरुमै आफ्नो कूटनीतिक चातुर्यको प्रमाण पेस गरेका थिए । सन् २००२ मा गुजरातमा भएको साम्प्रदायिक द्वन्द्वका कारण मोदीको आलोचना हुने गरेको छ । मोदी राज्यमन्त्री भएका वेला गुजरातमा दंगा भड्किएको थियो, जहाँ करिब दुई हजार मुसलमानको मृत्यु भएको थियो । हिन्दुहरूलाई मुसलमान समुदायविरुद्ध जाइलाग्न मोदीको राज्य सरकारले सहयोग गरेको भारतीय इतिहासका आधिकारिक अध्येताहरूले बताउँदै आएका छन् ।

नवाज सरिफ, प्रधानमन्त्री, पाकिस्तान

NARERNDRA MODIनवाज सरिफ पाकिस्तानका १८औँ प्रधानमन्त्री हुन् । पाकिस्तानको औद्योगिक घरानाका उनले यसअघि सन् १९९० देखि १९९३ सम्म र सन् १९९७ देखि १९९९ सम्म पाकिस्तानी प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । पाकिस्तानको अहिलेको सबैभन्दा ठूलो दल मुस्लिम लिग ९एन० पार्टीसँग आबद्ध उनी पाकिस्तानको ठूलो औद्योगिक घराना इत्तेफाक ग्रुपका मालिक हुन् । पाकिस्तानअन्तर्गतको पञ्जाबी सहर लाहोरमा जन्मिएका उनी पाकिस्तानमा ‘पञ्जाबका सिंह’ उपनामले पनि चिनिन्छन् । दोस्रोपटक प्रधानमन्त्री बनेपछि उनको न्यायपालिका र सेनासँग मनमुटाब उत्पन्न भएको थियो । सेनाप्रमुख जेहानगिर कारामतलाई पदबाट हटाएर उनले उनको ठाउँमा परवेज मुसर्रफलाई ल्याए । तर, भारतसँग कार्गिल युद्धमा पाकिस्तान होमिएपछि प्रधानमन्त्री सरिफसँग मुसर्रफको द्वन्द्व उत्पन्न भयो । सरिफले मुसर्रफलाई सेनाप्रमुखबाट बर्खास्त गर्न खोजे । तर, मुसर्रफले उल्टै सरिफ सरकारलाई अपदस्थ गरेर शासनसत्ता आफ्नो हातमा लिए । मुसर्रफले मुलुकको शासन व्यवस्थाको बागडोर जनप्रतिनिधिको हातमा सुम्पिने निश्चय गरेपछि सरिफको सक्रिय राजनीतिको ढोका पुन खुल्यो । सन् २०१३ मा भएको आमनिर्वाचनमा उनको पार्टी पहिलो भयो र उनी तेस्रोपटक प्रधानमन्त्री बन्न पुगे ।

महिन्दा राजापाक्षे, राष्ट्रपति, श्रीलंका

Mahinda_Rajapaksaश्रीलंकाली राष्ट्रपति महिन्दा राजापाक्षे दक्षिण एसियाका ‘बोल्ड’ नेतामा गनिन्छन् । श्रीलंकामा पृथक्तावादी नारासहित सशस्त्र विद्रोह सुरु गरेको तमिलभाषीहरूको समूह लिट्टेलाई हतियारका बलमा पेलेर उनले श्रीलंकामा २७ वर्ष लामो गृहयुद्ध समाप्त गरेका थिए । त्यसलगत्तै भएको निर्वाचनपछि उनी राष्ट्रपति पदमा दोस्रोपटक निर्वाचित हुन पुगे । उनी सन् १९७० मा पहिलोपटक सांसद बनेका थिए । राजापाक्षेले श्रीलंकाली सेनाको सेनाध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेका छन् । पेसाले अधिवक्ता उनी सन् २००५ मा भएको निर्वाचनबाट राष्ट्रपतिमा निर्वाचित हुनुअघि श्रीलंकाका प्रधानमन्त्री थिए । सन् २००४ मा भएको संसदीय निर्वाचनमा श्रीलंकाको युनाइटेड पिपल्स फ्रिडम एलायन्स गठबन्धनले बहुमत हासिल गरेपछि गठबन्धनका नेता राजापाक्षे प्रधानमन्त्री बनेका थिए । त्यतिवेला उनले राजमार्ग मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका थिए । सन् २००५ मा भएको राष्ट्रपति निर्वाचनले राजापाक्षेको पार्टी श्रीलंका फ्रिडम पार्टीले उनलाई राष्ट्रपतिको उम्मेदवार बनायो । यसपटक पनि उनी विजयी भए । राष्ट्रपति बनेपछि राजापाक्षेले रक्षा र अर्थजस्ता महत्त्वपूर्ण मन्त्रालय पनि आफैँ सम्हाले । त्यसपछि उनले लिट्टे समस्याको सैन्य समाधान खोज्ने काम गरे । अन्त्यमा सेनाको कारबाहीमा परी लिट्टे प्रमुख प्रभाकरणको मृत्यु भएपछि श्रीलंकामा गृहयुद्ध समाप्त भएको औपचारिक घोषणा गरियो । गृहयुद्ध समाप्त गरेपछि बौद्ध धर्मावलम्बी राजापाक्षे लुम्बिनी भ्रमणका लागि नेपाल आएका थिए ।

असरफ घानी, राष्ट्रपति, अफगानिस्तान

Ashraf_Ghani_Ahmadzai_July_2014_(cropped)अफगान राष्ट्रपति असरफ घानी अफगानिस्तानमा कहलिएका अर्थशास्त्री र मानवशास्त्री पनि हुन् । सेप्टेम्बर २१, २०१४ मा राष्ट्रपति बन्नुअघि उनले अर्थमन्त्रीको जिम्मेवारी सम्हालिसकेका थिए । उनले काबुल विश्वविद्यालयको कुलपतिको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । सन् २००२ मा अफगानिस्तान फर्किनुअघि घानी विश्वबैंकका जागिरे थिए । अफगानिस्तान फर्किनासाथ उनले अफगान मन्त्रिपरिषद्मा अर्थमन्त्रीको जिम्मेवारी पाएका थिए । सन् २००२ देखि २००४ सम्म उनले अर्थमन्त्री भएर काम गरेका थिए । पश्चिमी मुलुकसँग ज्यादै निकट सम्बन्ध भएकै कारण उनले एकाएक अर्थमन्त्री र राष्ट्रपतिजस्तो उच्च ओहोदाको पद हासिल गरेको आरोप उनीमाथि लाग्ने गरेको छ । राष्ट्रपति घानी राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय नियोगको सहयोगमा सञ्चालित विभिन्न सामाजिक अभियानमा आबद्ध छन् । सन् २०१३ मा फोरेन पोलिसी र प्रोस्पेक्ट म्यागजिनले संसारका ‘टप हन्ड्रेड’ बुद्धिजीवीको सूचीको दोस्रो स्थानमा घानीलाई राखिएको थियो । उनीभन्दा अगाडि प्रसिद्ध लेखक रिचार्ड डकिन्स थिए ।

शेख हसिना, प्रधानमन्त्री, बंगलादेश

800px-Sheikh_Hasina_(1)_(cropped)बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले यसअघि एक कार्यकाल प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेकी छिन् । सन् २००९ मा प्रधानमन्त्रीका रूपमा दोस्रोपटक निर्वाचित हुनुअघि उनले सन् १९९६ देखि २००१ सम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् । उनी बंगलादेशको सत्तारुढ पार्टी बंगलादेश अवामी लिगकी मूल नेतृ हुन् । सन् १९८१ यता उनी लिगलाई नेतृत्व गर्दै आएकी छिन् । बंगलादेशका संस्थापक तथा पूर्वराष्ट्रपति शेख मुजिबुर रहमानका पाँच सन्तानमध्ये हसिना जेठी हुन् । त्यस्तै उनी पारमाणविक मामिलाका वैज्ञानिक एमए वाजेद मियाकी विधवा  हुन् । करिब चार दशक लामो राजनीतिक जीवनमा हसिनाले सत्ता तथा विपक्षमा रहेर राजनीतिको केन्द्रमा आफूलाई सक्रिय बनाइरहेकी छिन् । विपक्षी दलको नेतृ रहेका वेला उनीमाथि सन् २००४ मा ज्यान लिने अभिप्रायले सांघातिक हमला भएको थियो । त्यस्तै बंगलादेशमा सेनाको आडमा स्थापना भएको कामचलाउ सरकारले सन् २००७ मा उनलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरेको थियो । सन् २००६ देखि २००८ सम्म बंगलादेशमा विद्यमान राजनीतिक संकट समाधान भएपछि सन् २००८ मा हसिनाको दल आम निर्वाचनमा होमिएको थियो । सोही निर्वाचनले उनलाई दोस्रोपटक प्रधानमन्त्रीको पदमा पुर्‍याएको हो । त्यसपछि सन् २०१४ मा भएको अर्को आम निर्वाचनमा उनी तेस्रोपटक प्रधानमन्त्री पदमा पुगेकी थिइन् । सन् २०१४ मा भएको आम निर्वाचनलाई बंगलादेशका प्रमुख प्रतिपक्षी दलहरूले बहिष्कार गरेका थिए । अमेरिकी म्यागजिन फोब्र्सले उनलाई संसारका सय शक्तिशाली महिलाको सूचीमा ४७औँ स्थानमा राखेको छ ।

अब्दुल्ला यामिन, राष्ट्रपति, माल्दिभ्स

BL03_P1_MALDIVES_1707049fमाल्दिभ्सका छैटौँ राष्ट्रपति अब्दुल्ला यामिन सार्क सम्मेलनमा सहभागी हुन नेपाल आउँदै छन् । सन् १९९३ यता लगातार सांसद बन्दै आएका उनी सन् २०१३ मा भएको निर्वाचनपछि राष्ट्रपति बनेका हुन् । सन् २०१० मा उनले पिपल्स एलायन्स पार्टी परित्याग गरी प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्सको सदस्यता लिएका थिए । त्यसपछि उनले प्रोग्रेसिभ पार्टीको संसदीय दलको नेताका रूपमा जिम्मेवारी सम्हालेका थिए । यतिकैमा पार्टीले सन् २०१३ मा भएको राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बनायो, जसमा उनी विजयी भए । राजनीतिमा सक्रिय परिवारमा जन्मिएका कारण अब्दुल्लाहलाई राजनीतिमा भिज्न सहज भएको थियो । उनका बाबु कुनै समय माल्दिभ्सका महान्यायाधिवक्ता थिए । त्यस्तै उनका दाजु मउमुन अब्दुल गायोमले सन् १९७८ देखि २००८ सम्म माल्दिभ्समा राष्ट्रपति पदको जिम्मेवारी सम्हालेका थिए । अब्दुल्लाहले लेबनानको सहर बेरुतबाट उच्च शिक्षा हासिल गरेका छन् । अमेरिकन युनिभर्सिटी अफ बेरुतबाट बिजनेसन एडमिनिस्ट्रेसनमा स्नातक गरेका उनले अमेरिकामा गएर अध्ययनलाई अझ बढाएका थिए । अमेरिकी राज्य क्यालिफोर्नियामा रहेको क्लारेमोन्ट ग्रयाजुएट युनिभर्सिटीबाट उनले पब्लिक पोलिसीमा स्नातकोत्तर गरेका छन् ।

छिरिङ तोब्गे, प्रधानमन्त्री, भुटान

Tshering Tobgayछिरिङ तोब्गे सन् २०१३ मा भुटानको प्रधानमन्त्री पदमा निर्वाचित भएका हुन् । भुटानको पिपल्स डेमोक्रेटिक पार्टीका नेतासमेत रहेका उनी प्रधानमन्त्री बन्नुअघि विपक्षी दलका नेता थिए । भुटानको राष्ट्रिय सभामा सन् २००८ देखि २०१३ सम्म उनले प्रतिपक्षी दलको प्रमुख नेता भएर काम गरेका थिए । उनी पिपल्स डेमोक्रेटिक पार्टीका सहसंस्थापक हुन् । उनको दल भुटानको निर्वाचन आयोगमा दर्ता भएको पहिलो दल हो । तोब्गेले अमेरिकाको पिट्सबर्ग विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङमा स्नातक उत्तीर्ण गरेका थिए । त्यसपछि उनले अमेरिकाकै हवार्ड विश्वविद्यालयबाट जनप्रशासनमा स्नातकोत्तर गरेका थिए । विद्यालयस्तरको शिक्षा उनले भारतीय सहर कालिम्पोङमा लिएका थिए । राजनीतिमा लाग्नुअघि उनी भुटानका सरकारी कर्मचारी थिए । उनले सन् १९९१ मा शिक्षा मन्त्रालयको प्राविधिक तथा व्यावसायिक शिक्षासम्बन्धी काम गर्ने विभागमा काम सुरु गरेका थिए । मन्त्रालयमातहत नेसनल टेक्निकल ट्रेनिङ अथोरिटी स्थापना गरेर उनले यसको नेतृत्व गरेका थिए । सन् २००३ देखि २००७ सम्म उनले भुटानको श्रम तथा मानव संसाधन मन्त्रालयको निर्देशक भएर काम गरेका थिए । त्यसपछि उनले आफूलाई राजनीतिमा सक्रिय गराएका थिए । काठमाडौंमा हुन लागेको सार्क सम्मेलनलाई लिएर तोब्गेले ठूलो उत्साह व्यक्त गरेका छन् । ‘म पहिलोपटक सार्क सम्मेलनमा सहभागी हुन लागेको हो । अन्य सदस्य राष्ट्रका नेताहरूसँग भेट्न पाइने भएकाले म ज्यादै उत्साहित भएको छु,’ हालै प्रकाशित एउटा अन्तर्वार्तामा उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?