Breaking News

सुचना, सञ्चार तथा प्रविधि सम्बन्धि अन्तरक्रिया सुर्खेतमा

Feb Wed 2020 02:40:28

662 views

सुचना, सञ्चार तथा प्रविधि सम्बन्धि अन्तरक्रिया सुर्खेतमा

आइसीटी क्लव सुर्खेतले जनज्योति माध्यामिक विद्यालय कुनाथरी ४ – बड्डीचौरमा सुचना, सञ्चार तथा प्रविधि सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रम गरेको छ ।  प्रविधि सेवा सुविधाबाट बञ्चित ग्रामिण भेगका विद्यालयहरुमा शिक्षामा सुुचना, सञ्चार तथा प्रविधिको महत्व, ज्ञान अभिबृद्धि गर्ने र आइटी कोर्ष, यसको आबश्यक योग्यता तथा लागतको विषयमा कक्षा ११ र १२ विद्यार्थीहरुलाई जानकारी दिएको थियो । कार्यक्रममा आईसीटी सुर्खेतका अध्यक्ष सुवास बि.सीले क्लवको परिचय गराएका थिए ।

विद्यालयका एकसय ४५ जना छात्रछात्राको सहभागीता रहेको कार्यक्रममा महासचिव प्रकाश सुवेदी, सचिव इन्द्र खनाल, कोषाध्यक्ष गणेश पौडेल, सदस्यहरु मनोज लम्साल, नारायण शाही, सन्दिप खड्का, बिश्वमंगल थानी, प्रकाश ढकाल, टीका प्रसाद ढकालले प्रशिक्षण दिएका थिए । विद्यालयका शिक्षक तिर्थ तिमिल्सेनाले यस्ता कार्यक्रमले विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष प्रभाव पार्ने बताएका थिए । कार्यक्रमलाइ इजी कम्प्युटर सोलुशनले सौजन्य गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?