Breaking News

CAN इन्फोटेक २०२० का लागि पौष ६ गते देखि अनलाईन बुकिङ्ग

Feb Tue 2020 05:40:33

1466 views

CAN इन्फोटेक २०२० का लागि पौष ६ गते देखि अनलाईन बुकिङ्ग

क्यान इन्फोटेक २०२० फागुन २ देखि ७ सम्म काठमाडौंको भृकुटीमण्डपमा क्यान महासंघले गर्ने भएको छ । नेपालको सूचना, प्रविधि र मनोरञ्जनसम्बन्धी प्रदर्शनी तथा सम्मेलनको यो २६ औं संस्करण हो ।
क्यान इन्फोटेक २०२० का लागि मिति २०७६ पौष ६ गते देखि अनलाईन बुकिङ्ग समेत खुल्ला गरिदै छ ।

क्यान इन्फोटेक २०२० उपत्यका बाहिर पनि ८ स्थानमा आयोजना हुने क्यान महासंघले जनाएको छ । प्रदेश नं १ को इटहरी, प्रदेश नं २ को विरगञ्ज, प्रदेश ३ को चितवन, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को बुटवल , कणार्ली प्रदेशको सुर्खेत र सुदरपश्चिम प्रदेशको धनगढीमा प्रदेश स्तरिय तथा प्रदेश ५ को नेपालगञ्ज मा जिल्ला स्तरिय प्रर्दशनीको आयोजना गरिने छ ।

नेपालमा सूचना तथा सञ्चार प्रविधि ९आईसीटी० बारे चेतना बढाउन, उद्योग तथा उद्यमीहरुको आवश्यकता थाहा पाउन र त्यसका लागि चाहिने सहयोग दिलाउन क्यान इन्फोटेक २०२० को आयोजना गरिन लागेको हो । यसले व्यवसायी तथा ग्राहकका लागि अन्तक्र्रियाको एक प्लाटफर्म सिर्जना गर्ने छ । ग्राहकसँगको छलफलबाट व्यवसायीले आफ्ना वस्तु तथा सेवाको आपूर्तिमा सुधार ल्याउन सक्नेछन् भने स्वदेशी तथा विदेशी कम्पनी तथा व्यवसायीहरु वीच नेटवर्क सिर्जना गर्ने लक्ष्य पनि यसको रहेको छ ।

क्यान इन्फोटेक २०२० मा ब्राण्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, रोबोटिक्स, इ–वेष्ट म्यानेजमेण्ट, वाइफाइ, इण्टरनेट र लर्निङ सेन्टर, आईटी कलेजका बिद्यार्थी द्वारा निर्माण गरेका प्रोजेक्ट तथा रोजगार केन्द्र को प्रदर्शनी रहनेछ ।

अपरेटिङ सिष्टम सफ्टवेयर, नेटवर्किङ सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु प्रदर्शनीमा राखिने छन् ।

त्यसैगरी, आर्टीफिसियल ईन्टेलिजेन्स सम्बन्धि जानकारि, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारि क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि प्रर्दशनीमा रहनेछन् ।
२६ औं क्यान इन्फोटेक तथा प्रदेश र जिल्ला स्तरीय इन्फोटेकको शिर्ष प्रायोजन प्रभु पे, एसोसिएट प्रायोजकमा वर्ल्डलिंक कम्युनिकेशन लिमिटेड, अफिसियल इन्सोरेन्स( प्रभु इन्सोरेन्स तथा टिकट पार्टनरमा इ(पे ले प्रायोजन गरेको छ । सिल्भरप्रायोजन लर्ड बुद्ध एजुकेसन फाउन्डेसन ले गरेको छ भने एशोसिएट, प्लाटिनम, डायमण्ड, गोल्ड र सिल्भरका साथै अन्य अफिसियल प्रायोजन पनि खुला गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?