Breaking News

अब ब्लुटुथ रिमोट कन्ट्रोलले चल्छ सुपर सेल्फी स्टिक

Feb Tue 2020 05:40:41

343 views

अब ब्लुटुथ रिमोट कन्ट्रोलले चल्छ सुपर सेल्फी स्टिक

शाओमीले ब्लुटुथ रिमोट कन्ट्रोलले चल्ने विशेषता भएको  शानदार सेल्फी स्टिक बजारमा ल्याएको छ ।  यो स्टिकले टाढाबाट पनि सेउल्फी लिन सकिन्छ । यसलाई मोडेल तपाईं आरामसँग जहाँ पनि लैजान सक्नुहुन्छ । शाओमी सेल्फी स्टिकको वजन मात्र १ सय ५५ ग्राम छ ।

यो सेल्फी स्टिकलाई एन्ड्रोइड ४.३ वा त्यसपछिको भर्सन र आइओएस ५.० वा त्यसपछिको भर्सनका स्मार्टफोनबाट कनेक्ट गर्न सकिन्छ । यो ३६० डिग्रीमा मूभ हुन सक्छ । सेल्फीलाई एन्टी-स्किड डिजाइन दिइएको छ ताकि हातबाट नचिप्लियोस । यो स्टिकको मूल्य ८९ चिनीया युआन (करिब १५ सय रुपैयाँ) रहेको छ । हाल यो स्टिक शाओमीको वेवसाइट मी डट कममा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?