Breaking News

जानी राखौँ !! ‘मेमोरी कार्ड’ बाट डिलिट भएका डाटा पाउने तरीका

Feb Tue 2020 05:40:45

847 views

जानी राखौँ !! ‘मेमोरी कार्ड’ बाट डिलिट भएका डाटा पाउने तरीका
मेमोरी कार्डबाट डिलिट भएका डाटा पुन: प्राप्त गर्न सकिन्छ । कार्डलाई दोस्रो डिभाइसमा चेक गर्नुहोस्:- सबैभन्दा पहिले मेमोरी कार्डलाई कुनै दोस्रो डिभाइसमा चेक गर्नुहोस् । धेरै पटक भाइरसको कारण डाटा डिभाइसमा शो गर्दैन । यस्तो अवस्थामा आफ्नो एसडी कार्डलाई निकालेर दोस्रो डिभाइसमा लगाएर चेक गर्नुहोस् । कार्ड रिडरमा मेमोरी कार्ड हेर्नुहोस्:- मेमोरी कार्डलाई कार्ड रिडरमा लगाएर एक पटक जाँच गर्नुहोस् । यसपछि स्टार्टमा गई सर्च बक्समा ‘cmd’ टाइप गर्नुहोस् । अब कमाण्ड विन्डो ओपन हुन्छ । यहाँ ड्राइभ लाई फलो गर्दै “chkdsk” टाइप गर्नुहोस् । यसपछि कोलन र /एफ लेख्नुहोस् । इन्टर गर्दा तपाईको समस्याको समाधान मिल्छ । ड्राइभ चेक:- धेरै पटक सिस्टम, मेमोरी कार्डको लागि नयाँ ड्राईभको लागि असाइन गर्दैन । यहाँ पपअप आउँछ किनभने ड्राइभ ई मा डिस्कलाई लगाउनुहोस् ।यस्तोमा सेटिङ्गको माध्यमले न्यू ड्राइभ लेटर लाई असाइन गरि यस समस्याको समाधान गर्न सकिन्छ । कार्ड प्रोपर्टी:- कार्ड ड्राइभको प्रोपर्टीमा जानुहोस् र स्पेससको चेक गर्नुहोस् । यदी तपाईको कार्ड देखि सबै फाइल डिलिट भएको छ भने एसडी कार्ड मा पूरा स्पेस देखिन्छ । धेरै पटक डायरेक्ट्री मात्र डिलिट हुन्छ । यस्तो स्थितिमा, तपाई स्यानडिस्क इनबिल्ट सोल्युशनको प्रयोग गर्न सक्नुहुन्छ । जूनले डिलिट भएको सबै फाइल्स रिस्टोर गर्न सक्छ । ताजा खबर बाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?