काठमाडौं । इन्भेष्टमेन्ट बैंकको एफपिओमा ५० हजार रुपैयाँको आवेदन दिनेलाई आवेदकलाई ३२.५ प्रतिशत र ५० हजार रुपैयाँभन्दा माथि आवेदन दिने आवेदकलाई ८.५ प्रतिशत सेयर पर्ने भएको छ ।
बैंकको एफपिओ निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोषले सो अनुपातमा बाँड्नुपर्ने भन्दै स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा शुक्रबार आवेदन दिएको छ । सामन्यतया बोर्डमा पठाएको तीन दिनभित्र सेयर बाँडफाँड हुँदै आएको छ ।
जसअनुसार बैंकको एफपिओ चैत ३० गते बाँडफाँट हुने भएको छ । बैंकले गत फागुन ११ गतेदेखि १४ गतेसम्म प्रतिकित्ता ६०१ रुपैयाँ दरले ५ अर्ब ४५ करोड रुपैयाँ बराबर ९० लाख ६९ हजार ३ सय ८८ कित्ता एफपिओ निष्काशन गरेको थियो । जसमा ४८ अर्ब रुपैयाँ आवेदन परेपनि करिब ३ अर्ब रुपैयाँ बराबरको आवेदन रद्द भएको थियो ।