Breaking News

अत्यधिक मोवाईलको प्रयोगले हरेक घरमा एउटा पागल हुन्छ

Feb Tue 2020 05:40:24

903 views

अत्यधिक मोवाईलको प्रयोगले हरेक घरमा एउटा पागल हुन्छ
घरमा हुँदा आमा बाबु पनि मोवाईलमै व्यस्त, छोराछोरी पनि मोवाईल चलाउँनमै व्यस्त । जसले गर्दा एकअर्कासँग कुरा गर्ने पनि फुर्सद हुँदैन् । आफ्नो घरपरिवार, साथीभाई भन्दा बढी मोवाईल प्राथमिकतामा पर्न थालेको छ । यस्तो कार्य एकदमै खतरानाक रहेको विज्ञहरुको भनाई छ । जसरी मोवाईल फोन प्रतिको लगाब बढ्दै गएको छ, यसले अबको दुई दशकमा प्रत्येक घरमा एक जना पागल हुनेछ । भारतीय हीरा कारोबारी सवजी धोलकियाले अहिले मोवाईल फोन प्रयोगले अबको २० वर्षमा प्रत्येक घरमा एक जना पागल हुने दावी गरेका छन् । विश्व संस्था संगठन (डब्ल्यूएचओ) समेत मोवाईल फोनको बढी प्रयोग नगर्न चेतावनी दिएको छ । डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोमले मोवाईल फोनको प्रयोगले बच्चाहरुमा गम्भीर असर परिरहेको बताए । एउटा अनुसन्धानले पनि मोवाईल फोनको अत्यधिक प्रयोगले दीर्घकालिन असर परेको देखिन्छ । मोवाईल फोनबाट उत्पन्न हुने रेडियो विकिरणले मानिसहरुको आँखा, मुटु, कलेजो तथा फोक्सो र दिमानमा बढी असर गर्ने गर्दछ । त्यसैले डब्ल्यूएचओले मोवाईल फोनको अत्यधिक प्रयोगलाई घातक मानेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?