Breaking News

आइएसआइएसले केही दिनभित्रै बेलायतमा आक्रमण गर्ने योजना बनाएको खुलासा

Feb Tue 2020 05:40:59

379 views

आइएसआइएसले केही दिनभित्रै बेलायतमा आक्रमण गर्ने योजना बनाएको खुलासा

आतंकवादी संगठन आइएसआइएसले बेलायतका आक्रमणको योजना बनाएको सुरक्षाविद्हरुले दावी गरेका छन् ।

बेलायतमा जन्मिएका जेहादी सिरिया पुगेर आइएसआइएसमा आवद्ध भई बेलायतमा पेरिसको जस्तै आक्रमणको योजना बनाइरहेको दावी गर्दै डेली मेल अनलाइनले समाचार प्रकाशन गरेको छ ।

यूरोपियन सुरक्षा एजेन्सीले बेलायत आइएसआइएसको अर्को आक्रमणको केन्द्र हुन सक्ने बताएको छ ।

सीएनएनका आतंक विश्लेषक पउल क्रुकस्याङ्कले चेतावनी दिदैँ भनेका छन, ‘एक बरिष्ठ युरोपेली आतंकवादी अधिकारीले बताए अनुसार आइएसआइएसले एक साता भित्रै बेलायतमा आतंकवादी हमलाको योजना बनाएको छ ।’

आइएसआइएसले गत महिना फ्रान्सको राजधानी पेरिसमा आक्रमण गरी १ सय ३२ जनाको ज्यान लिएको थियो ।uk threats

त्यसपछि, फ्रान्सले आइएसआइएसमाथिको आक्रामण निकै कडा बनाएको थियो । फ्रान्सका प्रहरीको आक्रमणमा पेरिस हमलाका प्रमुख योजनाकार अब्देलअमिद अबाउद मारिएका थिए ।

डेली मेलले उल्लेख गरे अनुसार बेलायतमा जन्मिएका ८ सय जिहादहरु आइएसआइसमा आबद्ध भएका छन भने त्यसमध्ये आधा बेलायमै फर्किएका छन् ।

सुरक्षा विश्लेषकहरुले दिएको चेतावनी निकै गम्भिर भए पनि आइएसआइएसले कति चाँडो बेलायतमा आक्रमणको योजना बनारहेका छन भन्ने यकीन हुने कुनै तथ्य सार्वजानिक भएको छैन ।

यस्ताे छ सुरक्षाविद्काे भनार्इ

[embedyt] http://www.youtube.com/watch?v=Nkl-kv8_AeA[/embedyt]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?