Breaking News

मापसे सेवन गरे नचल्ने बाइक बुटवलका युवाले बनाए

Feb Tue 2020 05:40:50

462 views

मापसे सेवन गरे नचल्ने बाइक बुटवलका युवाले बनाए
मापसे सेवन गरे नचल्ने  : ड्रङ्क राईडिङ कन्ट्रोल सिस्टम लुम्बिनी ईन्जीनियरिङ्ग कलेज बुटवलमा अध्ययन गर्ने सात युवाहरूले मादक पदार्थ सेवन  गरेमा सवारी नचल्ने व्यवस्था सहितको यन्त्र बनाएका छन् । कलेजमा डिप्लोमा इन ईलेक्ट्रीकल ईन्जीनियरिङ्ग मा पाँचौँ सेमेस्टर मा अध्ययनरत कुशल भट्टको मुख्य योजनामा निर्माण भएको यो यन्त्रमा प्रोग्रामिङ गरेर उक्त यन्त्र निर्माण गरिएको हो । फुल हेलमेट र सामान्य यन्त्र हेर्दा जडित बाइकमा मादक पदार्थ सेवन गरेमा स्टार्ट नै हुँदैन् । फुल हेलमेटको मुखमा सेन्सर राखिएको छ जसको कारणले हेलमेटमा रहेको बत्ती बोल्न जान्छ । मापसे गरेको भए त्यसमा भएको रातो बत्ती बल्दछ भने मापसे नगरेमा हरियो रङ्गको बत्ती बल्न जान्छ । हेलमेटमा कसैले चलाउन वा बिगार्न खोजेमा निलो रङ्गको बत्ती बल्दछ । हेलमेटमा अल्कोअल सेन्सर रहेको छ । यो सेन्सरले मापसेको गन्ध मार्फत रिड गरेर डाटा ट्रान्सफर गर्न वायरलेस सिस्टम राखिएको छ भने मोटरसाइकल मा डाटा रिसिभ गर्ने सिस्टम राखिएको छ । यसमा आएको डाटा रिडिङ गरेर मोटरसाइकलको स्टार्टको कनेक्सन सँग जोडिएको हुन्छ । यसले बाइक स्टार्ट हुँदैन् । ड्रङ्क राईडिङ कन्ट्रोल सिस्टम नाम दिइएको यसका मुख्य योजनाकार भट्टले घरमा भएको सवारी साधनहरू मापसे गरेर दुर्घटना हुने हुँदा बिक्री गर्नुपर्ने बाध्यता रहेको बताउँदै उनी घरमा साधन रहे दुर्घटना हुने र अन्य सदस्यले चलाउन नपाउने अवस्था हटाउन नै मुख्यतः उद्देश्य रहेको बताउँछन् । मापसे सेवनबाट सवारी चलाउन रोक्नको लागी पनि यस डिभाईसले सहयोग पुग्नेछ । ’  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?