Breaking News

आमा !अर्को जुनी म तपाइको छोरा भएर जन्मिन पाउँ

Feb Tue 2020 05:40:49

573 views

आमा !अर्को जुनी म तपाइको छोरा भएर जन्मिन पाउँ
  • भावना पाठक

 आमा, म आज सात इन्च लामो भए । मेरो सरिरमा सबै अंगहरु छन् । सबै अंग चलाउन सक्छु | मैले तपाइको आवाज पनि चिन्न थालेको छु | तपाइको आवाज धेरै मिठो लाग्छ मलाई | तपाइको प्रत्येक आवाज संगै म आफ्नो कोमल हात खुट्टा हल्लाउने प्रयास गर्छु | आमा,तपाइको मुटुको धड्कन नै मेरो एकान्तको साथी हो र म हुनुको अर्थ हो | आमा, आज मैले मुँस्कुराउन सिकें । तर अझै पनि म सानै छु,बाहिरको संसारमा म आफुलाई सर्मपण गर्न सक्दिन, मलाइ यहि न्यानो र सुरक्षित छ,तर पनि बाहिरको संसार कस्तो छ र कहिले हेर्ने भनेर म दिन गनिरहेर बसेको छु । आमा म तपाइको सन्तान हु,सायद यो कुरा सुनेर तपाइ खुसि हुनुभयो होला म सदा तपाइलाइ खुसि देख्न चाहन्छु आमा, तपाइ रुँदा मलाइ साह्रै दुःख लाग्छ । म नि तपाइ संगै रुन्छु तर तपाइले मेरो आँसु देख्नुहुन्न । आमा मेरो कपालहरु पलाउन थाले । एकदम नरम र छोटो छ मेरो कपाल् । म प्रायः समय कसरत गरेर बिताउछु,अहिले त म हातखुट्टाको औलाहरु नि चलाउन सक्छु । अनि टाउको पनि यता उता हल्लाउन सक्छु । आमा, आज तपाइ बाबासंग डाक्टरकोमा जानुभो । उस्ले तपाइसंग झुट बोल्यो कि म बच्चा हैन भनेर, म कुनै रोग हो रे । यो सुनेर म कती धेरै रोए । तर मेरो चिच्याहट कसैले सुनेनन्, आमा म कुनै रोग हैन तपाइकै आफ्नै छोरि हुँ । तर एउटा कुरा मैले बुझिन आमा त्यो डाक्टरले मलाई किन रोग भनेको भनेर | आमा आज फेरी तपाइ त्यो डाक्टरकोमा जानुभो । मलाइ त्यो डाक्टर मनै पर्दैन, ऊ एकदम निर्दयी छ । उस्ले मेरो न्यानो बासस्थानमा चोट पुर्याउदैछ । सियो जस्तै चुच्चो र धारिलो चिजले मलाइ धेरै पिडा भैरहेको छ, आमा, प्लिज विन्ती छ उसलाई रोक्नु भन्नुस न । म यहाँ असहाय दुखाइले छटपटाईरहेकी छु । बिन्ति छ मलाइ नमार्नुस, मलाइपनि वाहीरी सुन्दर संसार हेर्न दिनुस् । मेरो के गल्ति छ र ? आमा किन मलाइ यस्तो दर्दनाक मृत्यु दिदै हुनुहुन्छ ? तपाइलाइ मेरो माया लाग्दैन आमा, मेरो अन्तिम सास मात्रै बाकि छ अब, आमा बिन्ति छ मलाइ बचाउनुस, म मर्न चाहन्न । आमा ?, आमा ???? आमा,म जति रोएपनी कराएपनि मेरो कुरा सुनिदिने कोहि भएन | तपाइले त बुझ्नुपर्थ्योनि आमा मेरो बिलौना | म रोएको त तपाइले सुन्नुपर्थ्योनि | तर तपाइले नि मेरो कुरा बुझ्नुभएन | म रोए चिच्याए,तर मेरो त्यो आवाज नेपथ्यमै बिलिन भयो आमा..म आउन सकिन यो धर्तीमा | आमा,म अहिले सुरक्षित छु भगवानको घरमा | भगवानको काखमा छु ,उहाले मलाई धेरै माया गर्नुहुन्छ | तर आमा मलाई भगवानको यो काख भन्दा तपाइको कोखमा निकै आनन्द थियो | यहाँ मैले माया भन्दा बढी दया पाइरहेको छु आमा | अकालमा मरेको एउटा बच्चीको रुपमा | हरेक सन्तानको चाहना हुन्छ ,आमाको काखमा रमाउने र बाबाको हात समाएर संसार हेर्ने | त्यो सौभाग्य मैले पाइन आमा | ऐले मैले सबै कुरा बुझें, किन तपाइले पनि मलाइ नअपनाउनुभएको ? मलाइ माफ गरिदिनुस आमा म छोरा भएर जन्मिन सकिन, तर मलाइ तपाइसंग केहि गुनासो छैन सिर्फ भगवानलाइ यहि प्राथना छ कि अर्को जुनिमा पनि म तपाइकै कोखमा छोरा भएर हुर्किन पाऊं, तपाइ मलाइ सम्झीएर कहिल्यै नरुनु ल । किनकि तपाइको आखाँमा आँसु देख्दा मेरो भक्कानो फुटेर आउछ । आमा,अहिले तपाइको कोखमा र काखमा कुनै सन्तान छैन | यो कुराले मेरो मन कति रुन्छ | तर पनि म केहि गर्न सक्दिन | आमा म यति चाहन्छु अर्को जुनीमा म तपाइको छोरा भएर जन्मिन पाउ | त्यो बेला मेरो आवाज तपाइले सुनिदिनुस है आमा | म तपाइको कोखमा फेरी बास पाउने आशा गर्दछु | आमा अहिलेलाई म जान्छु है | मलाई तपाइको धेरै याद आएर आएको ,अब ढिला भयो,फेरी अर्को दिन आउछु है | आमा म तपाइको हरेक सम्झनामा आउछु | बिपनामा त सकिन सपनामा भएपनि तपाइको समिप हुने प्रयास मात्र गरेको | कतै आमा मैले गल्ति त गरिन | म त तपाइको चाहना नै हैन नि है | यदि म तपाइको चाहना र खुसि थिए भने नि मेरो हत्या कसरि गर्न सक्नुहुन्थ्यो र | तर आमा यसमा तपाइको दोष छैन ,म सन्तान भन्ने कुरा नै तपाइलाई कहाँ थाहा थियो र यो कुरा त बाबालाई मात्र थाहा थियो | डाक्टरले म छोरी भएको कुरा बाबालाई भनेको थियो आमा ,बाबालाई यो कुरा चित्त बुझेन,उहालाई छोरी हैन छोरा चाहिएको थियो | मलाई त्यो झुट बोल्ने डाक्टर र छोराको आसमा मेरो हत्या गर्ने बाबा दुवै अपराधी लाग्छ | तपाइले त म रोग नै हो भनेर बुझ्नुभएको थियो यदि म तपाईकि छोरी भनेर थाहा पाउनुभको भए त बिश्वाश थियो म अहिले तपाइको काखमा हुने थिए,मैले अकालमा मर्नु पर्ने थिएन | मेरो त्यो कोमल शरीर र आत्मा छुटाई फोहोरको कन्टेनरमा फाल्ने ति डाक्टर देखि आज नि मलाई सारै रिस उठेर आउछ | तर भगवानले मलाई सान्त्वना दिनुहुन्छ पाप गरेपछि सजाय अवश्य भोग्नुपर्छ | त्यो दिन आउछ आमा त्यो डाक्टरको | मैले बिन्ति गरेको छु यसमा मेरो आमाको केहि दोस छैन | मेरो आमालाई कुनै सजाय नदिनुस् है भगवान भनेर मैले सधै प्राथना गरेको छु | आमा मैले त हर दिन तपाइलाइ देखेको हुन्छु ,तर तपाइले मलाई देख्नुहुन्न ,म सपनीमा आउछुनि है आमा …..आमा आजलाई जान्छु है बाइ …. बाई …यो अन्तिम आवाज संगै मेरो निन्द्रा खुल्यो | म त सपनामा पो रहेछु | मेरो छोरी …यति ठुली भैसकिछ | आमाको खुसि बुझ्ने भैछ | तर छोरी तिमिसंगै मेरो सारा खुसि गयो | मैले तिम्रो खुसीलाई चिन्न सकिन | आज म निसन्तान भएको छु | मेरो कोखमा अब कुनै सन्तानले बास पाउन सक्ने छैनन छोरी | मेरो कोख्नै मसिसकेको छ | मलाई माफ गरिदेउ है …आजको दिन बाट तिम्रो सामु म एउटा प्रण गर्छु छोरी ,अब तिमी जस्ता हजारौ निर्दोष आत्माले यसरि तडपिन नपरोस ,यसका लागि म पनि आवाज उठाउनेछु | छोरी भएकै कारण गर्भमै कसैले मर्न पर्नेछैन | गर्भपतनले एउटा हुर्किदै गरेको आत्मालाइ सदाको लागि मारिदिन्छ ती दुइ निर्दोष आँखाहरुले सुन्दर संसार कहिल्यै देख्न पाउनेछैनन् । अनि त्यो कोमल ओठले कहिल्यै पनि आमा भनेर सम्बोधन गर्न पाउनेछैन । गर्भपात बिशेष गरि कन्या भ्रुण हत्या एउटा जघन्य अपराध हो । छोरा होस या छोरि, दुवै आफ्नै सन्तान हुन र दुवैलाइ यो धर्तिमा आउने अधिकार छ । कुरिती र कुसंस्कृतिको नाममा गर्भमै छोरिको हत्या नगरौं, आखिर ती निर्दोष सन्तानको के नै दोष छ र ? फुल्नै नपाइ निर्दयी पुर्वक कोपिलामै फुललाई नमारौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?