जम्मा ३५ वाट क्षमतामा चल्ने यो कम्प्युटरमा ४ जीबी र्याम र १ टेराबाइटसम्म क्षमताको हार्डडिस्क रहेको ग्रीन प्रविधिको कम्प्युटर अहिलको उर्जा संकटको उत्तम विकल्प बन्न सक्छ । उमेर झण्डै ७० पुगेका शाक्यले धन सम्पत्तिको कुनै मतलव नराखी एउटा पूरै घरमा आफूले बनाएका विज्ञान तथा सूचना प्रविधिका आविष्कारहरु जुन विश्वका अरु देशमा बनाएका कुनै पनि प्रविधिभन्दा फरक छैनन् ।
शाक्यको असाधारण प्रतिभालाई नेपाल सरकारले भने उपयोगमा ल्याउन र प्रतिभाको कदर गर्नु नसक्नु नेपालको सूचना प्रविधि क्षेत्रको विकासका लागि दुर्भाग्य बनेको छ । आइबिएम कम्पनीले माइक्रो कम्प्युटर बनाउनु २ वर्ष अगाडी नै नेपालमा माइक्रो कम्प्युटर बनाएर विश्वलाई विज्ञान तथा प्रविधिको असाधारण नेपाली क्षमता देखाइसक्नुभएका शाक्यको कामको चर्चा भए पनि यसलाई राष्ट्रिय हितको लागि प्रयोगमा ल्याउने काम कही कतैबाट नहुदा विज्ञान तथा सूचना प्रविधि क्षेत्रमा समेत यस बारेको चेतना नभएको आभास हुन्छ ।
सन् १९८० को बेला विश्वमा कम्प्युटर बनाउने कुरा भर्खर शुरु भएको बेला नेपालमा नै कम्प्युटर बनाउन सक्ने ब्यक्ति नेपालले पाउनु सबैभन्दा खुशीको कुरा भए पनि यसलाई सम्बन्धित निकायले महत्वपूर्ण नठान्नु र अवसर नदिनु उत्तिकै दुःखपूर्ण रहेको छ । कतिपयलाई नेपालमा कम्प्युटर बन्थ्यो भन्ने कुरा एकादेशको कथा जस्तै छ । किनकी उनीहरुलाई केही थाहा छैन कसले नेपालमा कम्प्युटर बनाए भन्ने कुरा किनकी शाक्यको यो कमलाई राज्यले प्रयोगमा ल्याउन सकेन र कुनै महत्व पनि दिएन । तर पनि शाक्यले बिना सरकारी सहयोग आफ्नै लगानीमा हाइटेक पायोनियर खोलेर कम्प्युटर बनाउने मेशीन नै नेपालमा ल्याउनु कम्प्युटर बनाउने कामलाई निरन्तरता दिनुभयो । नेपालले कम्प्युटर प्रविधिको क्षेत्रमा ४० वर्ष इतिहास बोकेको हाइटेक पायोनियर सेन्टर र एउटा क्षमतावान, प्रतिभावान ज्ञान एवं अनुभवको भण्डार भएको व्यक्ति पाउनु नेपालको लागि प्रविधि क्षेत्रका ठूलो उपलब्धि भए पनि त्यसलाई सञ्चालन र प्रयोगमा ल्याउन राज्य, राजनीतिज्ञ, सरोकारावालाहरुले कुनै चासो नदेखाउनु नेपालमा विज्ञान प्रविधिको विकासलाई केवल लंगडो मात्र बनाइराख्नुहोभन्दा फरक पर्दैन होला।
शाक्यले भारतको कलकत्तामा इन्जिनियरिङ्ग अध्ययन पूरा गरी बेलायतबाट सन् १९७३ मा बेलायतबाट सी इन्जिनियरिङ्ग (Chartered Engineering) सम्मको अध्ययन सक्याउनुभएको हो । कम्प्युटर सम्बन्धी इलेक्ट्रोनिक्स विषयको खोज र अनुसन्न्धानका लागि बेलायत युरोप अमेरिका र फ्रान्सको कम्प्युटर उत्पादन गर्ने ठाउहरुमा गहिरो अध्ययन गरेर सन् १९८३ मा नेपाली माध्यममा चलाउन मिल्ने कम्प्युटर बनाएका थिए । यी बाहेक सुपर कम्प्युटर, नेवारी भाषामा चलाउन सक्ने बाहेक अन्य थुप्रै कम्प्युटरहरु मुनि बहादुर शाक्यले नेपालमै बनाउनुभयो ।
मुनि बहादुर शाक्यले हिम्मत हार्नुभएको छैन आफूमा भएका सीप र सिर्जनालाई आफू रहेसम्म देशकै हितमा लगाउने भन्दै अझै पनि नयाँ नयाँ खोज अनुसन्धान र आविष्कारमा जुटिरहनुभएको छ । धर्म कर्म र आरामपूर्वक बस्नुपर्ने बेलामा पनि मुनि बहादुर शाक्यले अहिले ग्रीन प्रविधिको कम्प्युटर बनाएर सफल प्रयोग गरिसक्नुभएको छ । जम्मा ३५ वाट क्षमतामा चल्ने यो कम्प्युटरमा ४ जीबी र्याम र १ टेराबाइटसम्म क्षमताको हार्डडिस्क रहेको ग्रीन प्रविधिको कम्प्युटर अहिलको उर्जा संकटको उत्तम विकल्प बन्न सक्छ ।
उमेर झण्डै ७० पुगेका शाक्यले धन सम्पत्तिको कुनै मतलव नराखी एउटा पूरै घरमा आफूले बनाएका विज्ञान तथा सूचना प्रविधिका आविष्कारहरु जुन विश्वका अरु देशमा बनाएका कुनै पनि प्रविधिभन्दा फरक छैनन्, जसलाई राष्ट्रव्यापी प्रयोगका लागि अबको सरकारले ध्यान दिनु प¥यो र हाइटेक पायोनयर सेन्टरलाई नेपालकै पहिलो राष्ट्रियस्तरको हाइटेक पायोनियर रिसर्च एण्ड डेभलपमेन्ट इनोभेसन सेन्टरको रुपमा विकास गर्ने गुरुयोजना तत्काल अगाडी बढाउन सके ५ वर्षमै नेपालले विज्ञान तथा सूचना प्रविधिमा क्षेत्रमा ठूलो फड्को मात्र मार्ने छैन आइसिटी आविष्कार उत्पादन बजार र रोजगारी क्षेत्रमा आत्मनिर्भर समेत बन्नेछ नेपाल । जसले ई– नेपाल अर्थात आइसिटी नेपालको अवधारणालाई समेत पूरा गरी देश विकासमा महत्वपूर्ण टेवा पुर्याउनेछ ।
" शाक्यका विज्ञान प्रविधिको आविष्कार र हाइटेक इनोभोसेन सेन्टरलाई देशव्यापी प्रयोगमा ल्याउन आइसिटी पत्रकार विकास मञ्चले आइसिटी खोज पत्रकारीता अभियान शुरु गरिसकेकोले यसबाट विज्ञान तथा सूचना प्रविधिको क्षेत्रमा अब महत्वपूर्ण काम हुने संकेत देखिएको छ । सरकारको नीतिलाई पछ्याउँदै पब्लिकको दायित्व रहने गरी हाइटेक पायोनयर रिसर्च एण्ड डेभलपमेन्ट इनोभेसन सेन्टरको विकासका लागि सबैसँग एकता र हातेमालो गर्दै नेपालमा ग्रीन प्रविधिको कम्प्युटरको प्रयोगलाई स्थापित गराउदै टेलिहेल्थ सेन्टरलाई समेत यस अभियानसँग जोडिनेछ । यस महान विज्ञान तथा सूचना प्रविधि अभियानमा सकैको सहयोग र सल्लाह, सुझाव आवश्यक छ । "