Breaking News

विदेशबाट आएको फोन उठाउँदा अब बोनस पाइने

Feb Tue 2020 05:40:46

416 views

विदेशबाट आएको फोन उठाउँदा अब  बोनस पाइने

नेपाल टेलिकमको मोबाइलमा विदेशबाट आएको कल उठाउँदा अब बोनस पाइने भएको छ । यो सेवा २०७४ साउन १६ गतेदेखि लागू भई ९० दिनसम्म उपलब्ध गराइने टेलिकमले जनाएको छ ।टेलिकमका अनुसार जीएसएम/सीडीएमए प्रिपेड र पोष्टपेडका ग्राहकले एक सातामा ७ मिनेट वा त्यो भन्दा बढी कल रिसिभ गर्दा नेपाल टेलिकमको नेटवर्क भित्र ७ मिनेट भ्वाइस कल गर्न र ७ वटा एसएमएस निःशुल्क पठाउन सक्नेछन् ।

यस्तै टेलिकमले १ एमबीपीएससम्म गतिको एडीएसएल इन्टरनेट कर सहित मासिक रु. १००० मा उपलब्ध गराउने अफर पनि ल्याएको छ । पहिले मासिक १०१७ मा २५६ केबीपीएस गतिको एडीएसएल उपलब्ध थियो । त्यसैगरी टेलिकमले भोल्युम बेस्ड एडीएसएलको मूल्य पनि घटाइएको छ । पहिले २१ जीबी डाटाको लागि रु. १९८० शुल्क लिइएकोमा अब १५ जीबी डाटा रु. ३००– मै उपलब्ध हुने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै अब पहिलेकै मूल्यमा पहिले भन्दा डबल भोल्युमको एफटीटीएच सेवा प्राप्त गर्न सकिने पनि विज्ञप्तिमा उल्लेख छ । सो अनुरुप १० एमबीपीएस गतिको एफटीटीएच प्याकेज अन्तर्गत ३ महिनाका लागि २४० जीबी, ६ महिनाका लागि ५०० जीबी र १२ महिनाका लागि १२०० जीबी डाटा पहिलेकै मूल्यमा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । त्यसैगरी १०० एमबीपीएस गतिको प्याकेज अन्तर्गत १२ महिनाका लागि १२०० जीबी डाटा प्रयोग गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?