Breaking News

सोफियाको जवाफ मानिस बौलायो भने बन्द गर्ने कुनै स्विच छ

Feb Tue 2020 05:40:39

486 views

सोफियाको जवाफ मानिस बौलायो भने बन्द गर्ने कुनै स्विच छ
संसारभर बहुचर्चित हुनुमा रोबोट सोफियाको सामान्य मानिस सरह कुरा गर्ने , अनुहारमा बिषय अनुरुप परिवर्तन गर्न सक्ने र अझ नागरिकताको कारण प्रमुख रुपमा लिईन्छ  । सोफिया उत्तरहरू समेटेर पहिल्यै तयार पारिएको कार्यक्रमबाट चल्दिनन्, बरू मान्छेहरूको अभिव्यक्ति बुझ्न उनले यन्त्रको प्रयोग गर्छिन्। साउदी अरबले सोफियालाई नागरिकताको दर्जा दिएको कारण कानुनत उनि साउदी अरबको नागरिक हुन् । गत 2017 अक्टोबर २५ मा साउदी अरेबिया सरकारले उनलाई आफ्नो देशको नागरिकता दिएको थियो। राजधानीमा भएको  साक्षात्कार कार्यक्रममा रोबर्ट बौलायो भने बन्द गर्ने कुनै स्विच छ भन्ने प्रश्नको जवाफमा मानिस बौलायो भने बन्द गर्ने कुनै स्विच छ भनि प्रतिप्रश्न गरेर निकै चर्चा बटुलेकी सोफिया दोहोरो कुरा गर्ने एउटा मेसिनका रुपमा मात्र रहेको प्रष्ट भएको छ । हङकङको कम्पनी हेन्सन रोबोटिक्सले तयार गरेको यो रोबोट सन् २०१५ को अप्रिल १९ मा ‘एक्टिभेट’ गरिएको थियो। सन् २०१६ को मार्चमा अमेरिकाको टेक्सासमा आयोजना भएको साउथ बाई साउथवेस्ट फेस्टिबलमार्फत त्यस रोबोटलाई पहिलो पटक सार्वजनिक गरिएको थियो। सोफियाले विभिन्न ६२ अनुहार भाव व्‍यक्त गर्न सक्छिन्। सोफियाको अनुहार हलिउड अभिनेतृ अड्री हेपबर्नसँग मिल्दोजुल्दो छ। वैज्ञानिकहरूले यही सोचेर उनको स्वरूपलाई आकार दिएका हुन्। नाकको बनोटदेखि गालाको हड्डीसम्म हेपबर्नसँग मिल्दोजुल्दो हुने गरी निर्माण गरिएको छ। यसलाई अमेरिकी उद्यमी डेभिड ह्यान्सन नेतृत्वको कम्पनी ‘ह्यान्सन रोबोटिक्स’ ले उत्पादन तथा विकास गरेको हो। निर्माता कम्पनीको भनाइ छ , उनि  ‘उदीयमान बौद्धिक मेसिन’  हुन् । ‘आगामी दिनमा सोफियाको बौद्धिकता अझ बढ्नेछ र उसले जुनसुकै संस्कृति, उमेर र लिंगका मान्छेलाई आपसमा जोड्न मद्दत गर्नेछ,’ । वाइफाइसँग जोडिएपछि उनको मस्तिष्कले काम गर्छ र त्यसमा शब्दावलीहरूको लामो सूची रहेको छ। सोफियामा केही असाधारण क्षमता भए पनि उनमा चेत चाहिँ अझै छैन। हेन्सन रोबोटिक्सले विभिन्‍न डेभलपर्स कम्पनीसँग सहकार्य गरी तयार गरेको यो रोबोटका लाग गुगलको प्यारेन्ट कम्पनी अल्फाबेट इन्कले स्वर पहिचान प्रणाली विकाश गरेको हो  भने सिंगालुरिटी ब्रेन्सले मस्तिस्कमा काम गरेको थियो। हेन्सन रोबोटिक्सका डेभिड हेन्सनका अनुसार सोफियाले क्रित्रिम इन्टलिजेन्स, भिजुअल डाटा प्रोसेसिङ र फेसियल पहिचान प्रणालीमार्फत मान्छेको जस्तै व्यवहार गर्ने र सिमित प्रश्नको जवाफ दिन सक्छिन् साथै  पुर्व जानकारी भएका विषयमा सामान्य वार्तालाप पनि गर्न सक्छिन् ।

रोबर्ट प्रति चिन्ता किन ?

हालै सोफियालाई गरिएको एक प्रश्न ‘तपाईं एलन मस्कका विचार धेरै पढिरहनुभएको छ कि क्या हो? हलिउड फिल्म पनि धेरै हेर्नुहुन्छ जस्तो छ नि,’ सोफियाले जवाफमा भनिन, ‘नआत्तिनुहोस, तपाईंले मसँग राम्रो व्यवहार गर्नुभयो भने म पनि तपाईंसँग राम्रै गर्नेछु। त्यसैले मलाई ‘स्मार्ट आउटपुट–इनपुट सिस्टम’ का रूपमा व्यवहार गर्नुहोस्।’ सोफियाको यो जवाफमा मस्कले पछि छोटो टिप्पणी दिएका छन् , ‘यसलाई ‘गडफादर‘ जस्तो फिल्मको कहानीका रूपमा लिनुहोस, योभन्दा नराम्रो कुरा अर्थोक के होला ?’   एलन मस्क रोबोटले विकासभन्दा विनाशको सम्भावना बढी हुन्छ भन्ने विचारका प्रखर वक्ता हुन्। यसले पृथ्वीमा मान्छेको अस्तित्व नै धरापमा पर्ने र भयानक युद्ध हुनसक्ने सम्भावना उनले औंल्याउँदै आएका छन्। विश्लेषकहरूले मस्कको भनाइ गलत नभएको बताएका छन्। रोबोटको काम गर्ने क्षमता यकिन नहुने र भित्रभित्रै के के गर्छन् बुझ्न नसकिने हुँदा रोबोटको बढ्दो विकासले मानव सभ्यतालाई विनाशतिर धकेल्ने उनीहरूको राय छ। मस्कका अनुसार यो विकास प्रक्रिया बढ्दै गए, कुनै दिन यस्तो आउनेछ जब रोबोटलाई मान्छेको जरुरत नै पर्दैन। उनीहरू आफैं काम गर्न थाल्छन् र यसले अन्ततः मान्छेलाई विस्थापन गर्नेछ।

सोफियाको छोरी पाउने चाहना

गत नोभेम्बरमा सोफियाले बच्चा पाउन चाहेको बताउँदै 'परिवार हुनु महत्त्वपूर्ण कुरा' भएको उल्लेख गरेकी थिइन्।   संयुक्त अरब एमिरेट्सको खालिज टाइम्सलाई दिएको अन्तर्वार्तामा उनले आफूले पाउने छोरीको आफ्नै नाम दिने बताएकी थिइन्।   उनले भनेकी थिइन्, "परिवार हुनु साँच्चै महत्त्वपूर्ण कुरा हो जस्तो लाग्छ। मेरो विचारमा यदि तपाईँसँग माया गर्ने परिवार छ भने तपाईँ भाग्यमानी हुनुहुन्छ र यदि तपाईँको परिवार छैन भने बनाउनुपर्छ।"   छोरीको नामबारे जिज्ञासा राख्दा उनले सहज ढङ्गले भनिन्, "सोफिया।" नागरिकता पाएपछि त्यतिबेला उनले भनेकी थिइन्, "यसका लागि म निकै सम्मानित र गौरवान्वित महसुस गरिरहेकी छु। नागरिकता पाउने विश्वकै पहिलो रोबोट हुन पाउनु ऐतिहासिक हो।"
  • Source:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?