Breaking News

एक दिने लागू औषधबिरुद्धको बिद्यालयस्तरीय चेतनामुलक कार्यक्रम सम्पन्न (फोटो फिचरसहित)

Feb Tue 2020 05:40:12

358 views

एक दिने लागू औषधबिरुद्धको बिद्यालयस्तरीय चेतनामुलक कार्यक्रम सम्पन्न (फोटो फिचरसहित)

साधना बस्नेत/काठमाडौं

ict logo

सूचना सञ्चार प्रविधि पत्रकारहरुको संस्था आइसिटी पत्रकार विकास मञ्चले लागू औषध तथा दुव्र्यसनी बिरुद्धको चेतनामुलक कार्यक्रम मंसीर ४ गते मनमैजु मा.वि मनमैजु काठमाडौंमा सम्पन्न गरेको छ । बिद्यालयस्तरीय बिद्यार्थी लक्षित १ दिने चेतनामुलक कार्यक्रममा मनमैजु मा.वि बिद्यालयका कक्षा ८,९ र १० का १२५ भन्दा बढी बिद्यार्थीहरुको सहभागीता रहेको थियो । नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत लागू औषध नियन्त्रण कार्यक्रम बिजुलीबजारको सहयोगमा कार्यक्रम सञ्चालन भएको हो । IMG_3656लागू औषध तथा दुव्र्यसनमा बिद्यालयस्तरबाट कुनै न कुनै रुपमा बिद्यार्थीहरु फस्ने भएकोले बिद्यालयस्तरमा यो कार्यक्रम सञ्चालन गरेको आइसिटी पत्रकार मञ्चका संस्थापक अध्यक्ष भरतराज उप्रेतीले बताए । bbमा. वि स्तरका कक्षा ८, ९ र १० का बिद्यार्थीहरु लागू पदार्थको कुलमा फस्न सक्ने र असरको दीर्घकालीन असर उच्च माध्यमिक कक्षा ११ र १२ मा बढी पर्ने देखिएकोले प्रराम्भिक रुपमा नै माध्यमिक तहका कक्ष ८ देखि १० सम्मका बिद्यार्थीहरुलाई लक्षित गरी कार्यक्रम सञ्चालन लागेको लागू औषध तथा दुव्र्यसनी बिरुद्धको कार्यक्रममध्ये बिद्यालयस्तरीय कार्यक्रम चेतनामुलक कार्यक्रम भएको र यो प्रत्येक वर्ष गैरसरकारी संस्थामार्फत लागू औषध नियन्त्रण बिजुली बजार काठमाडौंले गर्ने गरेको कार्यक्रम प्रमुख खड्ग बहादुर श्रेष्ठले बताए ।15 कार्यक्रममा संस्थाका सचीव मोहन खतिवडा, महानगरीय प्रहरी बृत्त बालाजुका सहायक निरीक्षकहरु रबिन्द्र खनियाँ र विपिन चन्द्र पन्त शिक्षक शिक्षिका, मनमैजु मा.वि.का प्रधानाध्यपक भक्तमान महर्जन, श्री कुमार महर्जन लगायत सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्दै प्रहरी सहायक निरीक्षक रबिन्द्र खनियाले प्रहरीले मात्र लागू औषध दुव्र्यसनीलाई पूर्णतय रुपमा नियन्त्रण गर्न नसक्ने तर कानूनको अधिनमा रहेर लागू औषध दुव्र्यसनीमार्फत समाजमा अपराध फैलाउनेहरुलाई कारवाही गर्दै दण्डित समेत गर्न सक्ने भएकोले यसमा नागरिक समाज, युवा समाज, बिद्यालय, शिक्षक सबैको सहयोग चाहिने बताए । लागू औषध दुव्र्यसनीमा फसेकाहरुलाई सुध्रिन दिनेतर्फ समेत प्रहरीले परिवार समाजसँगको सल्लाह सुझावमा काम गर्दै कानूनी दायरामा दण्डित समेत गर्न सक्ने भएकोले बिद्यार्थी जीवनको यो महत्वपूर्ण स्टेजमा लागू औषध दुव्र्यसनी बिरुद्ध चेतना छर्ने कामतर्फ अग्रसर गराउन बिद्यालय प्रशासनको समेत हात रहने हुदा अभिभावक पछिका अभिभावक बिद्यालय प्रशासनले पनि बिद्यार्थीहरुको व्यवहार र चालचलनलाई अनुगमन गर्न जरुरी रहेकोमा जोड दिए ।1 मनमैजु मा.वि.का प्रधानाध्यपक भक्तमान महर्जनले बिद्यालयस्तरमा सामाजिक चेतनाका कार्यक्रमहरु अत्यावश्यक रहेको बताउदै लागू औषध तथा दुव्र्यसनी बिरुद्धको १ दिने चेतनामुलक यस कार्यक्रमले धेरै कुराको ज्ञान दिएकोले आगामी दिनहरुमा अझ प्रभावकारी रुपमा यस्ता कार्यक्रमहरु सञ्चालनका लागि अनुरोध समेत गर्नुभयो भने कार्यक्रममा सहभागी बिद्यार्थी भाइबहिनीहरुलाई कार्यक्रमबाट लागू औषध भन्ने शब्दले आफ्नै हानी पुर्याउने हुदा लागू औषधको कुलतमा फस्नु नै लागू औषध प्रयोग गर्नु हो भन्ने कुरा गहन रुपमा बुझ्न सल्लाह सुझाव दिनुभयो ।bhkt लागू औषध सम्बन्धी जानकारीमुलक पर्चा पम्पेलेट बितरणसँगै लागू औषध बिरुद्धको बृत्त चित्र समेत देखाइएको थियो । लागू औषध तथा दुव्र्यसनीबारे बृहत जानकारी नवजीवन लागू पदार्थ रोकथाम उपचार केन्द्रका अध्यक्ष रविन कार्कीले दिनुभएको थियो भने सोही केन्द्रमा ८ महिनादेखि लागू पदार्थ दुव्र्यसनीबाट छुटकाराका लागि सुरजले आफू लागू औषको दलदलमा कसरी फसेको र यसबाट छुटकारा लिन अहिले पुर्नस्थापना केन्द्रमा पुगेको बृतान्त स्टोरी बताए । उनको यो स्टोरी लागू पदार्थ दुव्र्यसनी बिरुद्धको उदाहरण मात्र नभएर युवाहरुका लागि गतिलो पाठ र चेतनामुलक शिक्षा रहेको थियो ।111

कार्यक्रमका केही फोटो झलकहरु

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 111 bb bhkt braj ict aware ict prg 072 ict sabu sad saroj

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?