Breaking News

पासवर्ड ह्याक भएको त छैन ? कसरी थाहा पाउने

Feb Sun 2020 05:47:55

732 views

पासवर्ड ह्याक भएको त छैन ? कसरी थाहा पाउने

गुगलले नयाँ सुविधा थपेको छ। यसबाट तपाईंले आफ्नो पासवर्ड ह्याक भएको छ वा छैन भन्ने थाहा पाउन सक्नुहुन्छ ।यसबाहेक गुगलको पासवर्ड चेकअप फिचरले तपाईंले कतिपटक एउटै पासवर्ड प्रयोग गर्नुभएको छ र गुगलसँग जोडिएका तपाईंका कुन–कुन पासवर्ड कमजोर छ पनि पत्ता लगाउनेछ ।

कसरी परीक्षण गर्ने ?

गुगलको पासवर्ड चेकअप सेवा प्रयोग गर्न पासवर्डस् डट गुगल डट कमबाट जान सक्नुहुन्छ। यसबारे गुगल इन्डियाले ट्वीट पनि गरेको छ-

यसले तपाईंको गुगल एकाउन्टसँग जोडिएका वेभसाइट र एपहरूको सूची पनि देखाउँछ। त्यसबाट तपाईंले ती एप वा वेभसाइटका लागि आफ्नो पासवर्ड परिवर्तन गर्न वा हटाउन सक्नुहुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?