Breaking News

शेयर बजार चम्कियो, नेप्से १५ सय नाघ्यो, ३ अर्ब ६० करोडको कारोबार

Feb Sun 2020 04:21:07

896 views

शेयर बजार चम्कियो, नेप्से १५ सय नाघ्यो, ३ अर्ब ६० करोडको कारोबार

बुलिस ट्रेन्डलाई समातेको नेपालको शेयर बजारले आइतबार  अहिलेसम्मकै धेरै ३ अर्ब ६० करोडको कारोबार भएको छ । यो नेप्सेको इतिहासमा सबैभन्दा बढि कारोवार रकम हो ।

नेप्से परिसूचक ६९.५६ अंकले बढेर १ हजार ५ सय ४ दशमलव १४ विन्दुमा पुगेको छ भने नयाँ रेकर्ड कायम गर्दै आइतबार ३ अर्ब ६० करोड ८५ लाख २६ हजार ३५४ बराबरको कारोवार भयो । 


अर्थमन्त्री डा. युवराज खतिवडाको स्थानमा वामदेव गौतम आउने राजनीतिक कुरोसँगै शेयर बजार उचालिएको हो

केही सातादेखि वित्तीय क्षेत्रमा ब्याजको आधार दर घटिरहेको छ । आधार दर घट्दा ऋणको ब्याज पनि कम हुन्छ । ऋणको माग नभएर तरलता थोरै बचतमा रहेका बेला बैंकहरुले शेयर बजारमा खन्याउन थालेका छन् ।

साताको पहिलो दिन आइतबार कारोबारका रुपमा बजार खुलेको पहिलो २० मिनेटमा ४३ अंक उक्लियो।  

बजारमा अर्थमन्त्री हट्ने हल्ला र प्राविधिक विश्लेषणहरुले अब बजार रोकिने अर्को विन्दु १६ सय माथि हो भने पछि लगानीकर्ताहरु नाफा बुक गर्नुको साटो लगानी बढाउनतिर लागेपछि कारोबार अस्वभाविक बढेको हो । माग बढेपछि सूचक ७५ अंकसम्म उक्लियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?