Breaking News

सर्वाधिक लोकप्रिय वेबसाइटहरु यी हुन्

Feb Tue 2020 08:28:34

1688 views

सर्वाधिक लोकप्रिय वेबसाइटहरु यी हुन्

सिमिलर वेबले सन् २०२० को जनवरी १ मा विश्वका शीर्ष एक सय वेबसाइटको नयाँ सूची सार्वजनिक गरेको छ । उल्लेखित १ सय वेबसाइट मध्ये सन् २०१९ को ट्राफिक डाटा अनुसार टपटेन वेबसाइटहरु हरेक महिना औसतमा कूल १ खर्ब ६५ अर्ब ५० करोड पटक हेरियो । शीर्ष १ सय वेबसाइहरुमध्ये अरु ९० वटा साइटहरु हेर्ने इन्टरनेट प्रयोगकर्ताको संख्यामा भने केवल २.३ प्रतिशत मात्रको वृद्धि भएको छ ।

सूची अनुसार विश्वमा सर्वाधिक हेरिने दश वेबसाइट यी हुन् –

· गुगल

· युट्युब

· फेसबुक

· बाइदु

· ट्वीटर

· इन्स्टाग्राम

· विकिपेडिया

· एक्सभिडियोज डट कम

· एक्सएनएक्सएक्स डट कम

· पोर्नहब डट कम

विश्वका सर्वाधिक इन्टरनेट प्रयोगकर्ताले हेर्ने शीर्ष पचास वेबसाइटको सूचीमा ११ औं नम्बरमा याहु डटकम, १४औं मा अमेजन डट कम, १९ औँ मा नेटफि्लक्स डटकम र २० औँ मा रेडिट डटकम रहेको छ ।

त्यस्तै २४ औँ मा लिंक्डइन, २५ औं मा इबे, २७ औं मा अफिस डटकम, २९ औं मा ह्वाट्सएप डटकम, ३० औं मा बिंग डटकम, ३६ औं मा बुकिंग डटकम र ४२ औं मा पेपल डटकम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?