Breaking News

कम्प्युटरमा Cut–Copy–Paste कमान्ड बनाउने ल्यारी टेस्लरको निधन

Feb Wed 2020 04:11:09

1443 views

कम्प्युटरमा Cut–Copy–Paste कमान्ड बनाउने ल्यारी टेस्लरको निधन

कम्प्युटरलाई आममानिसका लागि चलाउन सजिलो बनाउने कम्प्युटर वैज्ञानिक ल्यारी टेस्लर टेस्लरको ७४ वर्षको उमेरमा निधन भएको छ।

कम्प्युटरमा युजर इन्टरफेस विकासको सुरुवाती चरणमा कट–कपी–पेस्ट कमान्ड बनाउने वैज्ञानिकका रुपमा चिनिन्छ। फाइन्ड र रिप्लेस जस्ता कमान्ड पनि उनैले आविष्कार गरेका थिए।

क्यालिफोर्नियाको स्टेलफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका उनले सन् १९६० को दशकमा सिलिकन भ्यालीमा करिअर सुरु गरेका थिए।

उनले एप्पलमा स्टिभ जब्ससँग १७ वर्ष काम गरे।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?