Breaking News

क्यानडाले दिने पीआर का लागि अनलाइनबाटै यसरी APPLY गर्न सकिन्छ

Mar Thu 2020 03:57:24

515 views

क्यानडाले दिने पीआर का लागि अनलाइनबाटै यसरी  APPLY गर्न सकिन्छ

क्यानडाको सरकारले ३९ सय नयाँ आप्रवासीहरुलाई पीआरका लागि छनौट गरेको छ । एक्सप्रेस इन्ट्री सिस्टम अनतरगत ४७१ भन्दा माथि स्कोर ल्याएकाहरुमध्येबाट उनीहरुलाई छनौट गरिएको हो । उनीहरुले अब क्यानडाको पीआरका लागि आवेदन दिन सक्नेछन् ।

गत फरबरी १९ मा ४७० भन्दा माथि स्कोर ल्याउनेहरुलाई समावेश गरिएपनि आज भने १ प्वाइन्ट बढाएर ४७१ स्कोर ल्याउनेहरुलाई मात्र समावेश गरिएको थियो । क्यानडाको एक्सप्रेस इन्ट्री प्रणाली दक्ष विदेशीहरु भित्राउने मुख्य कार्यक्रम हो ।

आफ्नो प्वाइन्ट जाँच्न यो लिंकमा क्लिक गरेर विवरणहरु भर्नुहोला । आफ्नो नाम भर्न आवश्यक छैन ।

एक्सप्रेस इन्ट्री प्रणालीमा समावेश हुनका लागि उमेर, शिक्षा, कामको अनुभव, भाषाको दक्षता लगायतका विषयमा निश्चित प्वाइन्ट ल्याउन जरुरी हुन्छ । गत फरबरी १९ मा ४५ सय जनालाई क्यानडाको पीआर आवेदनका लागि निमन्त्रणा जारी गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?