Breaking News

आइफोन ११ र ११ प्रो नेपालमा , मुल्य कति ?

Mar Fri 2020 06:23:11

1441 views

आइफोन ११ र ११ प्रो नेपालमा , मुल्य कति ?

नेपालमा आधिकारिक रूपमा आइफोन ११ र ११ प्रोको बिक्री सुरु भएको छ । एप्पलका लागि नेपालको आधिकारिक विक्रेता जेन नेक्स्ट प्रालिले नेपालमा नयाँ आइफोन ११ का तीन फरक भेरियन्ट आएको जानकारी दिएको छ । जसमा ६४ जीबीको मूल्य १ लाख १० हजार ५ सय रुपैयाँ , १२८ जीबीको १ लाख १८ हजार ३ सय रुपैयाँ र २५६ जीबीको १ लाख ३४ हजार रुपैयाँ मूल्य तोकिएको छ ।

त्यस्तै, ११ प्रो ६४, २५६ र ५१२ जीबी भेरियन्टमा आएको छ । जसको मूल्य क्रमशः १ लाख ५७ हजार २ सय ५० रुपैयाँ, १ लाख ८० हजार ९ सय रुपैयाँ र २ लाख ११ हजार ८ सय रुपैयाँ रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आइफोन ११ प्रो म्याक्स ६४, २५६ र ५१२ जीबी भेरियन्टमा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?