Breaking News

त्रिविकाे सर्टिफिकेटमा सेक्युरिटी फिचर, नक्कली र सक्कली छुटिने

Mar Thu 2020 02:30:07

780 views

त्रिविकाे सर्टिफिकेटमा सेक्युरिटी फिचर, नक्कली र सक्कली छुटिने

काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अब विद्यार्थीलाई ‘सेक्युरिटी फिचर’ सहितको ट्रान्सक्रिप्ट उपलब्ध गराउने भएको छ । नक्कली रोक्न र सबैलाई एउटै किसिमको उपलब्ध गराउनका लागि सेक्युरिटी फिचरसहितको ट्रान्सक्रिप्ट त्रिविले उपलब्ध गराउने भएको हो ।

 ट्रान्सक्रिप्ट सक्कली हो वा होइन भनेर जाँच गर्न पनि सकिने छ। त्यसको  बीचमा छापसहितको सात प्रकारका विभिन्न फिचरको ढाँचा रहनेछ जसलाई ‘गुलुची’ भनिन्छ। त्यसैको आधारमा नै ट्रान्सक्रिप्ट सक्कली हो वा होइन भनेर पत्ता लगाइन्छ। 

सबैलाई एउटै किसिमको दिइने ती ट्रान्सक्रिप्टको बाहिरी गाता भने पाँच किसिमका हुनेछन्। अहिले वितरण हुने ट्रान्सक्रिप्ट समान छैनन्। अन्य सङ्कायभन्दा चिकित्सा र इञ्जिनियरिङ विषयका भने फरक–फरक ट्रान्सक्रिप्ट छन्। सबैलाई समान खालको दिन सेक्युरिटी फिचरसहितको ट्रान्सक्रिप्ट दिन लागिएको हो।

ट्रान्सक्रिप्ट लिन विद्यार्थीले अब ५ गुणासम्म बढी शुल्क तिर्नु पर्ने भएको छ। प्रवीणता प्रमाणपत्र तहको लागि २ हजार, स्नातकका लागि २ हजार २ सय, स्नातकोत्तर तह र एमफिलका लागि २ हजार ५ सय र विद्यावारिधिका लागि ३ हजार तोकिएको छ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?