Breaking News

टुटल र पठाओलाई काम तत्काल रोक्न सरकारको निर्देशन

Mar Thu 2020 03:09:24

510 views

टुटल र पठाओलाई काम तत्काल रोक्न सरकारको निर्देशन

टुटल र पठाओलाई लक्षित गर्दै यातायात व्यवस्था विभागले अन्य प्रयोजनका लागि दर्ता भएका सवारीसाधनले भाडा लिएर यात्रु बोक्न नपाउने व्यवस्था रहेको पुनः अवगत गराएको छ।

यदि कानुन उल्लंघन गरी अन्य प्रयोजनाका लागि दर्ता भएका सवारीसाधनले भाडामा यात्रु बोकेको पाइएमा कारबाही हुने चेतावनी पनि दिएको छ।

 ट्याक्सी चालकहरुको आन्दोलनलाई सम्बोधन गर्दै विभागले अन्य प्रयोजनका लागि दर्ता भएका सवारीसाधनलाई भाडामा यात्रु ओसार्ने काम तत्काल बन्द गर्न निर्देशन पनि दिएको हो।

टुटल र पठाओले भाडामा यात्रु ओसारेको विषयमा पटकपटक विवाद हुँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?