Breaking News

होशियार ! स्मार्टफोन र ल्यापटपबाटै सर्नसक्छ कोरोना भाइरस यसरी

Mar Thu 2020 10:01:32

1268 views

होशियार ! स्मार्टफोन र ल्यापटपबाटै सर्नसक्छ कोरोना भाइरस यसरी

एक स्वास्थ्य वैज्ञानिकले कोरोनाभाइरस कुुनै पनि माध्यमबाट मानिसमा सर्न सक्ने बताएका छन् । एउटा रिपोर्टले स्मार्टफोनको स्क्रिन पटक–पटक छोइसकेपछि राम्रो संग हात धोएर मात्रै मुुख र नाक छुुनुुपर्ने जनाएको छ ।

रिपोर्टका अनुुसार स्माटफोनको स्क्रिनको माध्यमबाट पनि कोरोनाभाइरस मानिसमा सर्न सक्छ । 

कोरोनाभाइरस निर्जीव सतहमा करीब १ हप्तासम्म जीवीत रहन सक्छ । संक्रमित व्यक्तिको सिंकान, थुुक वा र्यालबाट यो भाइरस बाहिर आउने गर्दछ ।

सिएनएनले जनाएअनुुसार अल्कोहल वाइपले स्मार्टफोन सफा गर्दा स्मार्टफोनमा रहेको भाइरसलाई निस्तेज पार्न सकिन्छ । यसका साथै उनीहरुले भाइरसबाट बच्न सेनीटाइजरको प्रयोगमा पनि जोड दिएका छन् । 

ग्याजेटलाई कसरी राख्ने भाइरसमुुक्त ? 
१.तीव्र गतिमा फैलने कोरोनाभाइरसको संक्रमणबाट बच्न सार्वजनिक सेवाको प्रयोग सकेसम्म कम गर्ने । जस्तै सार्वजनिक कम्प्युुुटर वा साइबर क्याफेको प्रयोग कम गर्ने । सार्वजनिक शौचालयको प्रयोग नगर्ने । 
२.आफ्नो स्मार्टफोनलाई ह्याण्ड सेनिटाइजरले सफा गर्ने । यस्तो गर्नुुभन्दा अघि फोनलाई स्विच अफ गर्ने । उसो त फोनको सुरक्षाको लागि कुुनै पनि अल्कोहल मिसीएको चिजबाट फोनको स्क्रिन सफा गर्नुु हुुँदैन

स्मार्टफोनको स्क्रिन सफा गर्न ६० प्रतिशत अल्कोहल मिसिएको सेनीटाइजरले प्रयोग गर्न सकिन्छ । 
३.भाइरसबाट बच्न आफ्नो व्यक्तिगत ल्यापटपलाई समेत सफा गर्नुु पर्दछ । यसको लागि सर्व्रप्रथम ल्यापटपलाई बन्द गर्नुु पर्दछ र ६० प्रतिशत अल्कोहल मिसिएको सेनीटाइजर टिस्युु पेपरमा राखेर पुुछ्नुु पर्दछ । 

४.स्मार्टफोन र रुमाललाई एउटै गोजीमा राख्नुुहुँदैन । मोबाइल वा ल्यापटप सफा गरिसकेपछि साबुुनपानीले राम्रोसँग हात धुुनुु पर्दछ 
५. फोन गर्दा सधै एअरफोनको प्रयोग गर्नुुपर्दछ । यसले फोनबाट भाइरस मुुखमा आउनबाट बचाउँछ । एयरफोनलाई पनि सफा गर्न बिर्सनुु हुँदैन। एयरफोन सफा गर्न जुुनसुुकै सेनिटाइजरको प्रयोग गर्न सकिन्छ । कोरोनाभाइरसबाट बच्न कम्तीमा दिनको एकपटक पर्सनल ग्याजेटहरु सफा गर्नुु पर्दछ ।   


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?