Breaking News

कोरोनाका कारण युरोपमा, इन्टरनेट नै कोल्याप्स हुने खतरा !

Mar Tue 2020 04:51:01

1001 views

कोरोनाका कारण युरोपमा, इन्टरनेट नै कोल्याप्स हुने खतरा !

कोरोना भाइरसका कारण लाखौँ मानिसहरु घरभित्रै रहेको र इन्टरनेटको खपत अभूतपूर्व रुपमा बढिरहँदा इन्टरनेट नै कोल्याप्स हुने अवस्थामा पुगेको भन्दै युरोपेली युनियनले गरेको आग्रहलाई स्वीकार गर्दै फेसबुकले फेसबुकले भिडियो क्वालिटी घटाउने निर्णय गरेको छ ।

अब युरोपेली मुलुकहरुमा फेसबुक र इन्स्टाग्राममा चल्ने भिडियोहरुको क्वालिटी घट्नेछ। युरोपेली टेलिकम अपरेटरहरुले डाटा ट्राफिकमा भैरहेको वृद्धिलाई धान्न सक्ने क्षमता आफूहरुसँग भएता पनि धेरैभन्दा धेरै मानिसहरु घरबाटै इन्टरनेटमा काम गरिरहेको हुँदा नेटवर्कमा जाम हुने समस्या भने बढ्ने बताएका छन् ।

नेटफ्लिक्स र युट्युबले स्ट्रिमिङ्ग भिडियोको क्वालिटीमा कटौती गर्ने निर्णय गरिसकेका छन् भने डिज्नेले युरोपमा आफ्नो समग्र ब्याण्डविथ उपयोगमा २५ प्रतिशतले कटौती गर्ने बताइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?