लकडाउनमा ईन्टरनेटको खपत बढ्यो, सेवा नै अवरुद्ध हुन सक्ने
Mar Tue 2020 08:03:55
527 views
कोरोना कारईरसका कारण लक डाउन भए पछि घरमै थुनिएका करोडौं मान्छेको दिनचर्याको साथी ईन्टरनेट बनेको छ ।
मोबाईलमा डाटा प्याक, वाईफाई, एडीएसएल वा जुनसुकै प्रदायकबाट लिईएका ईन्टरनेट सेवाको प्रयोग लक डाउनका समयमा अत्याधिक वृद्धि भए पछि नेटवर्क ट्राफिक जाम हुन सक्ने र सेवा नै अवरुद्ध हुन सक्ने जोखिम बढेको छ ।
यसो भयो भने अचानक ईन्टरनेट ठाँउ ठाँउमा बन्द हुन सक्ने छ । नेपाल दुरसञ्चार प्राधिकरणले सूचनै निकालेर यस्तो चेतावनी दिदै प्राथमिक र आवस्यक एप्लीकेसन मात्र चलाउन अनुरोध गरेको छ ।
नेपालका इन्टरनेट सेवाप्रदायकहरुले राति ८ देखि १० बजेको बीचमा एकैतिर धेरै खपत हुँदा नियमितको तुलनामा इन्टरनेटको गति पनि सुस्त भएको छ। सेवाप्रदायकहरुले उक्त समयमा अनावस्यक इन्टरनेट नचलाउन आग्रह गरेका छन्।