Breaking News

लकडाउनमा ईन्टरनेटको खपत बढ्यो, सेवा नै अवरुद्ध हुन सक्ने

Mar Wed 2020 04:03:55

751 views

लकडाउनमा ईन्टरनेटको खपत बढ्यो, सेवा नै अवरुद्ध हुन सक्ने

कोरोना कारईरसका कारण लक डाउन भए पछि घरमै थुनिएका करोडौं मान्छेको दिनचर्याको साथी ईन्टरनेट बनेको छ । 

मोबाईलमा डाटा प्याक, वाईफाई, एडीएसएल वा जुनसुकै प्रदायकबाट लिईएका ईन्टरनेट सेवाको प्रयोग लक डाउनका समयमा अत्याधिक वृद्धि भए पछि नेटवर्क ट्राफिक जाम हुन सक्ने र सेवा नै अवरुद्ध हुन सक्ने जोखिम बढेको छ ।

यसो भयो भने अचानक ईन्टरनेट ठाँउ ठाँउमा बन्द हुन सक्ने छ । नेपाल दुरसञ्चार प्राधिकरणले सूचनै निकालेर यस्तो चेतावनी दिदै प्राथमिक र आवस्यक एप्लीकेसन मात्र चलाउन अनुरोध गरेको छ ।

नेपालका इन्टरनेट सेवाप्रदायकहरुले राति ८ देखि १० बजेको बीचमा एकैतिर धेरै खपत हुँदा नियमितको तुलनामा इन्टरनेटको गति पनि सुस्त भएको छ। सेवाप्रदायकहरुले उक्त समयमा अनावस्यक इन्टरनेट नचलाउन आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?