Breaking News

ह्याकर बिरुद्ध विश्वभरका साइवर विज्ञहरु यसरी एकजुट हुदै

Apr Fri 2020 09:20:58

989 views

ह्याकर बिरुद्ध विश्वभरका साइवर विज्ञहरु यसरी एकजुट हुदै

कोरोना संकटको मौका छोपेर साइबर अपराधीहरू सक्रिय बनेका छन् । लगातार कोरोनासम्बन्धी फर्जी मेसेज तथा वेबलिङ्क माध्यमबाट इन्टरनेट प्रयोगकर्ताहरूको अनलाइन अकाउन्ट ह्याक गर्ने तथा डाटा चोरी गर्ने घटनाहरू विश्वमा बढिरहेका छन्  ।

ह्याकरहरू एकाएक सक्रिय भएसँगै ह्याकरविरुद्धको लडाइँमा विश्वका साइबर वैज्ञानिकहरू पनि एकजुट भएका छन् । विश्वका साइबर सुरक्षासम्बन्धी करिब चार सय जना स्वयंसेवी विज्ञहरूले सहकार्य सुरु गरेका हुन् ।

कोभिड-१९ लिग नामक उक्त ग्रुपमा विश्वका ४० देशका स्वयंसेवी वैज्ञानिकहरू सामेल छन् । जसमा माइक्रोसफ्ट तथा अमेजनजस्ता ठूला कम्पनीका वरिष्ठ पदहरूमा काम गरिरहेका विज्ञहरू समेत छन् ।

साइबर अपराधविरुद्धको लडाइँमा विश्वव्यापी सहकार्यको पछिल्लो कदम निकै महत्त्वपूर्ण छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?