Breaking News

नेपाल पुलिसको मोबाइल एप मा कसरी कोरोनाबारे सूचना तथा जानकारी दिने

Apr Fri 2020 06:30:32

852 views

नेपाल पुलिसको मोबाइल एप मा कसरी कोरोनाबारे सूचना तथा जानकारी दिने

काठमाडौ । विश्वव्यापी महामा रीको रुपमा देखिएको कोराना भाइरस (कोभिड–१९) बारे सूचना तथा जानकारी दिन नेपाल प्रहरीले ‘नेपाल पुलिस मोबाइल एप’ प्रयोगमा ल्याएको छ ।

Nepal Police Mobile app लाई अपडेट गरेर कोरोना भाइरसको संक्रमणको कारण लागेको रोग COVID-19 बाट उत्पन्न भएको विषम परिस्थितिमा घोषणा गरिएको देशव्यापी लकडाउनको अवस्थामा लकडाउनको उल्लंघन भएमा, कालोबजारी भएमा, आफु वा छर छिमेक कसैलाई कोरोना भाइरसको लक्षण देखिएमा तथा सेल्फ क्वारेन्टाइनमा रहेको सूचना, जानकारी एप मार्फत दिन सकिनेछ । गुगल प्ले स्टोर र एप्पलको एप स्टोरबाट आफ्नो स्मार्ट फोनमा उक्त एप डाउनलोड गरी कोभिड–१९ सम्बन्धी सूचना एवं जानकारी दिन सकिनेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?