Breaking News

इटलीमा कोरोना संक्रमित बिरामी को सेवा रोबोटले गर्दै

Apr Wed 2020 12:48:45

940 views

इटलीमा कोरोना संक्रमित बिरामी को सेवा रोबोटले गर्दै

इटालीको भारेसस्थित अस्पतालमा आजभाेलि कोरोना भाइरसबाट संक्रमित बिरामीको स्वास्थ्य अनुगमन रोबोटले गर्न थालेको छ । 

कोरोना भाइरसबाट उच्च रूपले संक्रमित बिरामीलाई राखिएको वार्डमा नयाँ तथा चम्किलो रोबोट प्रवेश गरी ‘लाइफ सपोर्ट’ दिएर राखिएका ती बिरामीको मुटुको चाल होसियारीपूर्वक अध्ययन गर्छ ।    

‘द लोकल’ नामक इटालियन अनलाइन समाचारपत्र लेख्छ, ‘डाक्टर र नर्सहरूले पनि रोबाेटलाई माया गर्छन् किनभने उसले उनीहरूको पनि जीवन सुरक्षा गरिदिएको छ ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?