Breaking News

साउदीमा ड्रोनबाटै मानिसमा कोरोना जाँच

Apr Wed 2020 01:57:27

946 views

साउदीमा ड्रोनबाटै मानिसमा कोरोना जाँच

साउदी अबरले  कोरोना भाइरस संक्रमित भएकाहरुको पहिचान गर्न अनौठो तरिका अपनाएको छ। साउदीले ड्रोनका माध्यमबाट सडकमा घुमफिर गरिरहेका मानिसको तापमान नाप्ने काम सुरु गरेको हो। 

अहिलेसम्म मानिसको तापमान नाप्न थर्मल किटको प्रयोग भइरहेको छ। त्यस्तै स्वास्थ्य जाँचका क्रममा स्वास्थ्यकर्मी संक्रमित बिरामीको सम्पर्कमा आउँदा कोरोनाको जोखिम झनै बढिरहेको छ। कतिपय स्वास्थ्यकर्मी त आफैँ पनि संक्रमित भएका र ज्यान गुमाएका घटनाहरु पनि सार्वजनिक भइरहेका छन्। 

साउदी अरबले सम्भावित कोरोना संक्रमित बिरामीको पहिचान गर्न ड्रोनको सहयोग लिएपछि स्वास्थ्यकर्मीलाई निकै सहज भएको छ। ड्रोनले मानिसको तापमान चेक गरेपछि यदि शंकास्पद देखिएमा आइसोलेसनमा पठाउने गरिएको साउदी अधिकारीहरु बताउँछन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?