Breaking News

वर्ल्ड रेमिट र ओर्विट रेमिटबाट एनआईसी एशिया बैंकमा अनलाइन पैसा यसरी पठाउन सकिने

Apr Wed 2020 05:23:34

945 views

वर्ल्ड रेमिट र ओर्विट रेमिटबाट एनआईसी एशिया बैंकमा अनलाइन  पैसा यसरी पठाउन सकिने

वर्ल्ड रेमिट र ओर्विट रेमिट मार्फत विश्वका विभिन्न ५० भन्दा बढी देशहरूमा रहेका नेपालीहरूले अब बिना कुनै झन्झट घरमै बसेर एनआईसी एशिया बैंक तथा नेपालका अन्य जुनसुकै बैंक खातामा अनलाइन रकम जम्मा गर्न सकिने भएको छ ।

विश्वभरी नै महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट कैयौँ शहरहरू लकडाउनको अवस्थामा छन् र यस्तो अवस्थामा एनआईसी एशिया बैंकले वर्ल्ड रेमिट र ओर्विट रेमिटसँग सहकार्य गर्दै घरमै बसी स्वदेशमा रहेका परिवार तथा आफन्तजनलाई रकम पठाउन मिल्ने व्यवस्था गरेको छ ।

World Remit बाट रकम पठाउनको लागि ।

१. https://www.worldremit.com/en/Nepal मा Log in गरी आवश्यक विवरण भरेर सजिलै नेपालमा रहेको आफ्नो वा आफन्तहरूको खातामा रकम पठाउन सक्नुहुनेछ ।

२. https://youtu.be/-l37jdXu4yI मार्फत ग्राहकवर्गले World Remit बाट रकम पठाउने आवश्यक जानकारी समेत लिन सक्नुहुनेछ ।

३.यसको साथै ( https://www.worldremit.com/en/stories/story/ 2020/04/01/sending-receiving-money-covid-19) मार्फत ग्राहक महानुभावहरूले थप जानकारी लिन सक्नुहुनेछ ।

४. World Remit बाट रकम पठाउदा नयाँ ग्राहकहरूले पहिलो ३ वटा ट्रान्सफर निःशुल्क पठाउन सक्नुहुनेछ भने त्यसको लागि 3 FREE प्रोमो कोड प्रयोग गनुपर्नेछ ।

५. World Remit बाट ग्राहक महानुभावहरूले अमेरिका, बेलायत, अष्ट्रेलिया, पोल्याण्ड, क्यानडा, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, न्यूजल्यान्ड, नर्वे, रोमानिया, सिङ्गापुर लगायत विश्वका ५० भन्दा बढी देशहरूबाट घरमै बसी रकम पठाउन सक्नुहुनेछ ।


Orbit Remit बाट रकम पठाउनको लागि ।

१. https://www.orbitremit.com/nepal मा Log in गरी आवश्यक विवरण भरेर सजिलै नेपालमा रहेको आफ्नो वा आफन्तहरूको खातामा रकम पठाउन सक्नुहुनेछ ।

२. रकम पठाउदा कुनै समस्या भएमा Orbit Remit को रकम पठाउने वेबसाइटमा रहेको च्याट सुविधा मार्फत पनि आवश्यक जानकारी लिन सक्नुहुनेछ ।

३. Orbit Remit बाट रकम पठाउदा नयाँ ग्राहक महानुभावहरूले पहिलो ट्रान्सफर नि:शुल्क रुपमा पठाउन सक्नुहुनेछ । निशुल्क रकम पठाउनको लागि पठाउदा FREE2NPR प्रोमो कोड प्रयोग गनुपर्ने हुन्छ ।

४. Orbit Remit बाट ग्राहक महानुभावहरूले बेलायत, अष्ट्रेलिया र न्यूजिल्यान्डसहित ३ वटा देशहरूबाट घरमै बसी रकम पठाउन सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?