Breaking News

साइबर आक्रमण भइरहेको छ, आफ्नो बैंकिङ विवरण कसैलाई नदिनुहोला

Apr Wed 2020 08:16:09

1164 views

साइबर आक्रमण भइरहेको छ, आफ्नो बैंकिङ विवरण कसैलाई नदिनुहोला

 इन्भेष्टमेन्ट बैंकको यस्तो अपील

काठमाण्डाै – नेपाल इन्भेस्टमेन्ट बैंकले बैंकिङ कारोबारसँग सम्बन्धित कुनै पनि जानकारी कसैलाई नदिन आग्रह गरेको छ ।

लकडाउनको समयमा साइबर सुरक्षामा आक्रमण भइरहेकाे भन्दै बैंकले सचेत रहन ग्राहकलाई अनुरोध गरेको छ । बैंकको कर्मचारी बताउँदै ग्राहकलाई फोन गरेर एटीएम पासवर्ड, मोबाइल बैंकिङ पासवर्ड, पिन नम्बर लगायतका गोप्य विवरण माग्ने काम भइरहेको भन्दै बैंकका कसैले पनि त्यसरी पासवर्ड नमागेको उसले स्पष्ट पारेको छ ।

ग्राहकको गोप्य विवरण बैंककै कर्मचारीले समेत फोन गरेर माग्न नमिल्ने भएकाले यस्ता कल ठगले गरेको हुन सक्ने भएकाले निकै सचेत रहन बैंकले आग्रह गरेको हो । 



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?