Breaking News

इजरायलमा कोरोना सङ्क्रमितको उपचार रोबोटबाट

Apr Fri 2020 07:25:14

696 views

इजरायलमा कोरोना सङ्क्रमितको उपचार रोबोटबाट

इजरायली अन्वेषकहरूले कोरोनाभाइरसको सङ्क्रमणका विरामीलाई रोबोटको प्रयोगबाट उपचार गर्ने प्रविधिको विकास गरेका छन् । स्वास्थ्यकर्मीलाई सङ्क्रमण हुने जोखिमलाई कम गर्नका यो प्रविधि प्रयोग गरेको  इजरायली इन्स्टिच्युट अफ टेक्नोलोजीले जनाएको छ । रोबोट सम्लग्न भिडियो क्यामेराको सहयोगमा ‘जोयस्टिक’ वा ‘स्मार्टफोन’ एप्लिकेसन प्रयोग गरेर स्वास्थ्यकर्मीले टाढाबाट  विरामीलाई परीक्षण गर्ने प्रविधिको विकास इजरायलले गरेको हो ।

अर्को चरणमा रोबोटमा एक सञ्चार प्रणाली सम्मिलित गरिनेछ जसमा प्राविधिक सामग्रीहरू स्क्रिन, क्यामेरा, माइक्रोफोन र स्पिकर समावेश हुनेछ र यो बिरामीदेखि बिरामीसम्म सर्न सक्षम हुनेछ र वास्तविक समयमा मेडिकल स्टाफमा सूचना प्रसारित गर्न सक्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?