Breaking News

न्यूयोर्कको कोरोना कहर : ड्रोनमार्फत् खिचिएको तस्वीर हेर्नुहोस्

Apr Sat 2020 04:42:40

1665 views

न्यूयोर्कको कोरोना कहर : ड्रोनमार्फत् खिचिएको तस्वीर हेर्नुहोस्

कोरोनाले थालिएको अमेरिकाको न्यूयोर्क शहर मानिसहरूका लागि कहर बनेको छ। कोरोना महामारी नरोकिएपछि सबैभन्दा बढी समस्या बनेको लास व्यवस्थापन गर्न बनाइएको सामूहिक चिहानको ड्रोनबाट लिइएको तस्बिर बाहिरिएको छ ।

अमेरिकाको न्यूयोर्कमा कोरोना महामारी अनियन्त्रित बनेपछि लास व्यवस्थापन चुनौतिपूर्ण बनेको छ । यसैलाई ध्यान दिएर त्यहाँ सामूहिक चिहानमा लास व्यवस्थापनको तयारी भइरहेको दृश्यलाई ड्रोनमार्फत् खिचिएको छ ।

बीबीसीका अनुसार हार्ट आइल्याण्डमा बनाइएको यो चिहानमा अन्तिम कर्म गर्न नसक्ने मानिसका आफन्तको शवलाई सामूहिकरुपमा व्यवस्थापन गर्ने सुविधा मिल्नेछ ।

न्यूयोर्कमा अहिले कुनै पनि एक देशको भन्दा बढी कोरोना संक्रमण देखिएको छ । विहीबार मात्र त्यहाँ १० हजारभन्दा बढी कोरोना संक्रमित बिरामी थपिए र त्यहाँ मात्र १५९,९३७ जना कोरोना संक्रमित बिरामी भेटिइसकेका छन् ।

यसमध्ये ७ हजारभन्दा बढी मानिसको त्यहाँ मृत्यू भइसकेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?