Breaking News

नेपालीले भिडियोमार्फत कोरोनासम्बन्धी परामर्श यसरी लिनसक्ने

Apr Mon 2020 08:35:29

771 views

नेपालीले भिडियोमार्फत कोरोनासम्बन्धी परामर्श यसरी लिनसक्ने

सारभर छरिएर रहेका नेपालीले अब भिडियोमार्फत कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी परामर्श सुविधा लिनसक्ने भएका छन् । डक्टर अन कल नेपालले यस्तो सेवा थालेको हो ।

विश्वभर रहेका नेपालीलाई कोरोनाबारे कुनै परामर्श आवश्यक परे भिडियो कन्फ्रेन्समार्फत निःशुल्क सेवा दिइने डक्टर अन कल नेपालका प्रबन्ध निर्देशक डा. सुमन न्यौपानेले बताए ।

विधागत विशेषज्ञ चिकित्सकसंग भिडियो परामर्श उपलब्ध हुने संस्थाले जनाएको छ । चिकित्सकसँग परामर्शपछि इमेल वा फोन नम्बरमार्फत आवश्याक प्रेस्क्रिप्सन सेवाग्राहीलाई उपलब्ध हुने बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?