Breaking News

अब नेपालमै कोरोनाका बिरामीलाई रोवर्टले यसरी औषधी र खाना दिनेछ

Apr Wed 2020 06:14:43

644 views

अब नेपालमै कोरोनाका बिरामीलाई रोवर्टले यसरी औषधी र खाना दिनेछ

अब नेपालमै कोरोना संक्रमित भएका बिरामीलाई रोवर्टले खाना खुवाउने छ । यसका लागि राष्ट्रिय आविष्कार केन्द्रले रोवर्ट निर्माणको तयारी गरिरहेको छ । बन्ने रोवर्टले कोभिड–१९ लागेका मानिसका लागि खाना औषधि पु¥याउने काम गर्दछ । सो कार्यका लागि इन्जिनीयर सुरज कार्की, किरण रौनियार, रिकेश देव, राम चौधरीलगायत छ जनाको समूहले काम गरिरहेको छ ।

फ्याकिएका ट्रलीको सदुपयोग गरि रोबर्ट बनाइदैछ । बन्ने रोवर्टले बिरामी जहाँ हुन्छ त्यहाँ खाना र औषधि लिएर जान्छ, मानिस गइरहनु पर्दैन । विश्वव्यापी रुपमा नै कोरोनाको महामारी बढ्दै गएको बेला स्वास्थ्यकर्मीलाई अत्यावश्यक पर्ने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) उत्पादन गरिरहेको छ केन्द्रले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?