Breaking News

२ अर्ब स्मार्टफोनमा मालवेयर भाइरस यसरी छिर्यो ! कसरी थाहा पाउने र हटाउने ?

Apr Wed 2020 06:42:42

954 views

२ अर्ब स्मार्टफोनमा मालवेयर भाइरस यसरी छिर्यो ! कसरी थाहा पाउने र हटाउने ?

ह्याकिङको खतरा 

साइबर सेक्योरिटी कम्पनी क्यास्परस्कीका अनुसार विश्वरभरका दुई अर्ब ५० करोड स्मार्टफोनहरु साइवर हमलाको निशानामा छन् । ती स्मार्टफोनमा मालवेयर भाइरस रहेको र जसले स्मार्टफोन प्रयोगकर्ताका डाटा चोर्ने गरेको बताएको छ । 

 ह्याकरहरूले उक्त मालवेयरलाई प्रयोगकर्ताको डाटा चोरीका लागि प्रयोग गरिरहेको सचेत रहन कम्पनीले सुझाव दिएको छ ।

मालवेयर नक्कली क्लीनर एपका माध्यमबाट प्रयोगकर्ताको स्मार्टफोनमा छिराउने गरिएको छ ।  जुन एप फोनमा इन्स्टल भैसकेपछि पूर्ण रूपमा लुक्दछ । यसलाई न त होमस्क्रिनमा  देखिदैन ।

स्मार्टफोनमा यो एप भए नभएको एन्ड्रोइड सिस्टमको सेटिंग्स मेन्यूमा गएर इन्स्टल्ड एपको सूचिमा हेर्न सकिन्छ ।

साइबर सेक्योरिटी विज्ञका अनुसार यो मालवेयरलाई पुनः आफै इन्स्टल हुन नसक्ने गरी डिलिट गर्न सकिन्छ । यसका लागि एन्ड्रोइड फोनमा रिकभरी मोड सेटअप गर्नुपर्दछ । त्यसपछि ओरिजिल फर्मवेयरबाट libc.com फाइल बाहिर निकालेर इन्फेक्टेड फाइलबाट प्रतिस्थापित गर्नुपर्दछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?