Breaking News

बैंकहरुले कर्जाको ब्याजदर घटाए, कति घट्यो हेर्नुहोस्

Apr Wed 2020 07:41:11

867 views

बैंकहरुले कर्जाको ब्याजदर घटाए, कति घट्यो हेर्नुहोस्

आर्थिक वर्ष २०७५/०७६ को तुलनामा चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर घटाएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको आठ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा कर्जाको भारित औसत ब्याजदर ११.८० प्रतिशत रहेको उल्लेख छ । गत आवमा त्यस्तो कर्जाको भारित औसत ब्याजदर १२.३३ प्रतिशत रहेको थियो ।

केन्द्रीय बैंकको विवरणअनुसार गत आवको तुलनामा चालु आवको आठ महिनाको तुलनामा कर्जाको भारित औसत ब्याजदर घटेको पाइएको हो । बैंकका अनुसार २०७५ को फागुनमा ९.६५ प्रतिशत औसत आधार दर रहेकामा गत फागुनमा ९.४५ प्रतिशत कायम भएको छ । यसले पनि औसत आधार दरमा झण्डै ०.११ प्रतिशतले कमी आएको छ ।

गत फागुनमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.७७ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ११.८० प्रतिशत रहेको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा निक्षेपको भारित औसत ब्याजदर ६.६२ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२.३३ प्रतिशत रहेका थिए ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् गत फागुन मसान्तसम्म कुल १८७ बैंक तथा वित्तीय संस्था मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १४२ संस्थाको इजाजत खारेज भई कुल ४५ संस्था कायम भएको छ । बैंकका अनुसार गत फागुनसम्म कुल ७५३ स्थानीय तहमध्ये ७४६ तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् । त्यस आधारमा अब मात्रै सात स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुग्न बाँकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?