Breaking News

कोरोनासम्बन्धी इमेल खोल्दा यसरी साइबर अपराधमा फसिएला

Apr Wed 2020 07:50:52

971 views

कोरोनासम्बन्धी इमेल खोल्दा यसरी साइबर अपराधमा फसिएला

कोरोना भाइरस कारण साइवर अपराधीहरु सोसल मिडियामा सक्रिय भइरहेका छन् । सोसल मिडियमा कोरोना सम्बन्धी जानकारी दिने वहनामा ह्याकरहरुले करोडौको डाटा कब्जामा लिएका घटनाहरु सार्वजनिक हुन थालेका छन् ।  अहिले ह्याकर गिरोहले कोरोनाको बारेमा जिमेल प्रयोगकर्तालाई एक करोड ८० लाख भन्दा बढी फर्जी इमेल पठाइरहेको गुगलले बताएको छ ।

गुगलले दिएको जानकारी अनुसार कोरोना भाइरसको महामारीको बेला विश्वभर ‘फिसिङ अट्याक’को बाढी नै आइरहेको छ । ‘फिसिङ’ इन्टरनेटमा ठग्ने त्यो तरिका हो, जसमा अपराधीले इमेलमार्फत् प्रयोगकर्तालाई प्रलोभन देखाएर पासवर्ड, क्रेडिट कार्ड डिटेल जस्ता व्यक्तिगत जानकारी लिने गर्दछ ।

गुगलका अनुसार उसले यस्तै १० करोड फिसिङ इमेल हरेक दिन ब्लक गरिरहेको छ । 

अपराधीहरुले जीमेल प्रयोगकर्तालाई बिभिन्न प्रकारका इमेल पठाएका हुन्छन् । त्यसमा केही इमेल विश्व स्वास्थ्य संगठन जस्ता संस्थाको नामबाट पठाइएको हुन्छ र कुनै सफ्टवेयर डाउनलोड गर्न उक्साइन्छ वा बहाना बनाएर चन्दा मागिन्छ । साइबर अपराधीहरुले केही दिनयता सरकारी संस्थाको नामबाट पनि फाइदा उठाउने कोसिस गरिरहेका छन् ।

ठग्ने उद्देश्यले पठाइएका ९९ दशमलव ९ प्रतिशत इमेललाई आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिमार्फत् ब्लक गरिरहेको गुगलले दाबी गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?