Breaking News

चाइल्डसेभनेटको लकडाउन अनलाइन व्यवहारसम्बन्धी सर्वेक्षण रिपोर्ट सार्वजनिक

Apr Sat 2020 03:30:13

1226 views

चाइल्डसेभनेटको लकडाउन अनलाइन व्यवहारसम्बन्धी सर्वेक्षण रिपोर्ट सार्वजनिक

चाइल्डसेभनेटले नेपालमा कोभिड १९ का कारण १ महिना लामो लकडाउनका कारण अनलाइनमा परिवर्तित व्यवहारबारेको सर्वेक्षण रिपोर्ट सार्वजनिक गरेको छ । 

सर्वेक्षणमा वालबालिका, युवा र वयस्कलाई समेटिएको थियो । जसमा वयस्कबाट वालबालिकाहरुलाई असर हुन सक्ने कुरा सर्वेक्षणले देखाएको छ ।

लामो लकडाउनका कारण मानिसहरु इन्टरनेटमा अभ्यस्त रहदा अनलाइन दुव्र्यवहार र साइवर अपराधका घटनाहरुलाई बृद्धि गरेको कुरा सर्वेक्षण रिपोर्टमा उल्लेख छ । 

यस समयमा वालबालिकाहरु अनलाइन गेममा आकर्षित रहेका हुदा वालयौन दुराचारका घटनाहरु हुनसक्नेतर्फ सर्वेक्षणले देखाएको छ ।

सर्वेक्षण सामाजिक सञ्जाल फेसबुकमार्फत गुगल फर्मको प्रयोगबाट गरिएको चाइल्डसेभनेटले जनाएको छ । सर्वेक्षणमा १२८८ जना सहभागी भएका थिए । जसमा ६४७ पुरुष, ५७६ महिला र अन्य ४ जना रहेको थिए ।



लकडाउनको समयमा बालकालिका तथा उनीहरूका अभिभावकहरूको साइबर सुरक्षा तथा अनलाइन व्यवहारबारे जानकारी हासिल गर्नका लागि चाइल्डसेफनेटले लघू सर्वेक्षण सञ्चालन गरेको हो ।

सर्वेक्षणबाट पत्ता लागेका तथ्यहरूले चाइल्डसेफनेट र साझेदार संस्थाहरूलाई विशेषगरी लकडाउन अवधिमा साइबर सुरक्षा कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्न सघाउ पु¥याउने विश्वास लिइएको छ ।

सर्वेक्षणबाट पत्ता लागेका तथ्यहरूका अनुसार बालबालिका तथा युवा वर्ग इण्टरनेट दुव्र्यसन, गेमिङ दुव्र्यसन तथा वयस्क सामग्रीहरूसँगको सम्पर्कसम्बन्धी जोखिमप्रति उच्च रुपमा संवेदनशील हुनसक्छन् । उनीहरू अनलाइन यौन दुव्र्यवहार तथा शोषणको उच्च जोखिममा पनि हुनसक्छन् । नेपालमा सरकारले अश्लील सामग्री राखिने साइटहरूमाथि प्रतिवन्ध लगाएको भए पनि बालबालिका तथा युवा वर्गसहितका ४१ प्रतिशतभन्दा बढी उत्तरदाताहरूले त्यस्ता साइट आफूले हेरेको जनाएका छन् । यस्ता समस्यालाई पनि सम्बोधन गरिनु आवश्यक छ ।

लकडाउन अवधि तथा त्यसपछि पनि बालबालिका तथा युवा वर्गलाई अनलाइनमा सुरक्षित राख्नेसम्बन्धी मुद्दालाई सम्बोधन गर्नका लागि गहन ज्ञानभण्डार तयार गर्न विस्तृत एवं विषयगत अनुसन्धान गरिनु आवश्यक छ ।




सर्वेक्षणले अनलाइन प्रयोगमा सुरक्षात्मक उपायहरु अवलम्वन, जनचेतना, सरल र सहज नवीनतम प्रविधिको विधिहरुको प्रयोग र साइवर दुरुपयोग र दुव्र्यवहारप्रति बेलैमा सचेत रही उजुरी गर्नसक्ने कानूनी प्रावधानसँगै परामर्श लगायतका निम्नलिखित कुराहरुप्रति जानकार रहनुपर्नेमा जोड दिएको छ ।

मुख्य सिफारिसहरू :

* सामाजिक सञ्जाल तथा भिडियो कन्फरेन्फ सत्रहरूमार्फत अनलाइन/भर्चुयल चेतनामूलक क्रियाकलापका माध्यमबाट बालबालिका, युवा वर्ग तथा अभिभावकहरूका लागि साइबर सुरक्षासम्बन्धी चेतनामूलक सत्रहरू सञ्चालन गरिनुपर्दछ ।

‘डिजिटल युगमा अभिभावकत्व’ सम्बन्धी भिडियो कन्फरेन्स कार्यशालाहरूले बालबालिका तथा युवा वर्गलाई अनलाइनमा सुरक्षित राख्नका लागि आवश्यक ज्ञान तथा सीप अभिभावकहरूलाई प्रदान गर्न सहयोग गर्नेछ । यस्ता कार्यशालाहरूले अभिभावकहरूलाई उनीहरूको आफ्नै स्क्रीन समय घटाउन, साइबर सुरक्षाबाट सिक्न एवं बालबालिका तथा युवा वर्गलाई अनलाइन हानिबाट बचाउनका लागि उदाहरण प्रस्तुत गर्न मार्गदर्शन उपलब्ध गराउनका लागि सहयोग गर्नेछ । 

इण्टरनेटको सकारात्मक प्रयोगबारे बालबालिका, युवा वर्ग तथा अभिभावकहरूलाई ज्ञान दिनु आवश्यक छ भने बालबालिकाका लागि उपयुक्त साइट तथा एपहरूसम्बन्धी जानकारी उनीहरूलाई उपलब्ध गराउनुपर्दछ । उमेर तथा आवश्यकताका आधारमा उपयोगी तथा उपयुक्त साइटहरूबारे उनीहरूलाई जानकारी उपलब्ध गराउनुपर्दछ ।

सामाजिक सञ्जालका साथै अन्य अनलाइन सञ्चार माध्यममार्फत सम्प्रेषण गर्नका लागि नेपाली तथा स्थानीय भाषाहरूमा सरल तथा सजिलो साइबर सुरक्षा सामग्रीहरू तयार गरिनुपर्दछ ।

अनलाइन हानि भोगेका वा त्यस्तो जोखिममा रहेकाहरूलाई सुझाव तथा सहयोग उपलब्ध गराउन पूर्णकालीन अनलाइन हेल्पलाइन सञ्चालन गर्नुका साथै आवश्यकता अनुसार प्रहरी, मनोविद्, कानुनविद्, सामाजिक कार्यकर्ता आदि जस्ता सहयोगी सेवाहरूसँग सम्पर्क गराइनुपर्दछ ।

अनलाइन दुव्र्यवहारबारे उजुरी दिने सम्बन्धी कानुन कार्यान्वयनलाई सशक्त बनाइनुका साथै देशभरि नै उजुरी दिने कार्यलाई सम्भव बनाइनुपर्दछ ।

बालबालिका, युवा वर्ग तथा हरेकका लागि इण्टरनेट सुरक्षित बनाउनका लागि सरकार, सूचना प्रविधिसम्बन्धी कम्पनीहरू तथा अन्य जिम्मेवार पक्षहरूबाट थप वित्तीय तथा प्राविधिक स्रोतको उपलब्धताका लागि पैरवि गरिनुपर्दछ ।

चाइल्डसेफनेटबारे

चाइल्डसेफनेट बालबालिका तथा युवा वर्गका लागि डिजिटल प्रविधि सुरक्षित पार्ने ध्येयसहित स्थापित भएको गैरसरकारी संस्था हो । हामी बालबालिका तथा युवा वर्गलाई इण्टरनेट दुव्र्यसन, अनलाइन यौन दुव्र्यवहार तथा शोषण, साइबर–बुलिङ, फिसिङ, गेमिङ दुव्र्यसनबाट बचाउनका लागि इण्टरनेट एवं डिजिटल डिभाइसहरूको सुरक्षित प्रयोगसम्बन्धमा चेतना अभिवृद्धि गर्न तथा डिजिटल साक्षरता प्रवद्र्धन गर्नका लागि काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?