Breaking News

भाइबर र यूएन वुमनबीच महिला सशक्तिकरणमा प्रविधियुक्त मञ्चको उपयोग सहकार्य

Apr Wed 2020 11:59:57

1261 views

भाइबर र यूएन वुमनबीच महिला सशक्तिकरणमा प्रविधियुक्त मञ्चको उपयोग सहकार्य

यूएन वुमन नेपाल र राकुटेन भाइबरले लैङ्गिक समानता र महिला सशक्तिकरण प्रवर्द्धन गर्नका लागि साझेदारी गर्न सहमति जनाएका भएका छन् ।

सूचना र जानकारीहरु आदान प्रदान गर्ने एक साझा मञ्च र नेपाललगायत अन्यका भाइबर प्रयोगकर्ताहरुलाई जोड्ने आवश्यकतालाई दृष्टिगत गर्दै साझेदारीअन्तर्गत भाइबर ‘कम्युनिटी’ र दुईवटा स्टिकर प्याकहरु पनि प्रस्तुत गर्ने लक्ष्य रहेको छ ।

भाइबर ‘कम्युनिटी’ले एउटा अनलाइन स्थान सञ्चालन गर्नेछ, जहाँ आफ्नो रुचिमा आधारित रहेर मानिसहरु नजिकिन सक्दछन् ।

नयाँ कम्युनिटीमार्फत तस्विर, इन्फोग्राफिक्स र भिडियोहरुको प्रयोग गरेर यूएन विमनले लक्षित वर्गहरुसम्म पुग्ने, जानकारीहरु प्रचार प्रसार गर्ने तथा सामाजिक मानकहरु, लैङ्गिक भूमिकाहरु, असमानता र महिला, बालिकाहरु तथा सीमान्तकृत समूहका व्यक्तिहरुको विषयमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्य लिएको छ ।

‘कम्युनिटी’ले जनमतका साथै स्टिकर प्याकजस्तो विशेषताहरुमार्फत प्रयोगकर्ताहरुलाई आपसी कुराकानीद्वारा जनचेतना अभिवृद्धि एवं जानकारी साटासाट गर्न दर्शकहरुसँग अन्तरक्रिया गर्नको लागि अवसरहरु पनि उपलब्ध गराउने छ ।
कम्युनिटीमा जोडिनका लागि भाइबरमा UN Women Nepal खोज्नुहोस्, तलको लिङ्क क्लिक गर्नुहोस https://vb.me/Unwomen_community_NP अथवा प्रस्तुत कोड स्क्यान गर्नुहोस् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?