Breaking News

कोरोनाविरुद्धको लडाइँमा ट्विटर सीईओदेखि बिल गेट्स सम्म

May Sun 2020 04:28:00

943 views

कोरोनाविरुद्धको लडाइँमा  ट्विटर सीईओदेखि बिल गेट्स सम्म

कोरोना भाइरस विरुद्धको लडाइँमा प्रविधि क्षेत्रका दानबीर अर्बपतिहरु

कोरोनाविरुद्धको लडाइँमा सबैभन्दा बढी दान गर्ने यी शीर्ष १० व्यक्तित्व बाहेक अन्य व्यक्तिहरुले समेत महत्वपूर्ण योगदान गरिरहेका छन् । त्यसमध्ये प्रविधि क्षेत्रका अर्वपतिहरुमा फेसबुकका सीईओ मार्क जुकरबर्गको नाम अगाडि आउँदछ । उनले कोरोना भाइरस महामारीविरुद्धको लडाइँमा अढाई करोड अमेरिकी डलर आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् ।

त्यस्तै अलिबाबा कम्पनीका संस्थापक ज्याकमाले कोरोना भाइरसविरुद्धको खोपको अनुसन्धानका लागि १० करोड युआन अर्थात् एक करोड ४५ लाख अमेरिकी डलर बराबरको रकम आर्थिक सहयोग गर्ने घोषणा गत जनवरीमै गरेका थिए । 

सहयोग गर्ने टपटेन दानविरहरुको सूचि 

१. ज्याक डोर्सी : माइक्रो ब्लगिङ साइट ट्विटरका सीईओ ज्याक डोर्सी कोरोना भाइरसविरुद्धको लडाइँमा सबैभन्दा धेरै दान गर्ने व्यक्तिको पहिलो नम्बरमा पर्दछन् । उनले १ अर्ब अमेरिकी डलर रकम कोरोना भाइरस महामारीको उपचार, रोकथाम तथा अनुसन्धानलगायतका कार्यका लागि दान गरेका छन् ।

२. बिल एण्ड मिलिण्डा गेट्स फाउण्डेसन : माइक्रोसफ्टका संस्थापक बिल गेट्स तथा उनकी पत्नी मिलिण्डा गेट्सले आफ्नो परोपकारी संस्था बिल एण्ड मिलिण्डा गेट्स फाउण्डेसनको तर्फबाट कोरोना विरुद्धको लडाइँका लागि २५ करोड ५० लाख डलर रकम प्रदान गरेका छन् ।

३. अजिज प्रेमजी : भारतमा सूचना प्रविधि क्षेत्रका वादशाहसमेत भनेर चिनिने अजिज प्रेमजीले कोरोनाविरुद्धको लडाइँमा १३ करोड २० लाख डलर दान गरेका छन् । यो रकम भारतका तर्फबाट गरिएको सबैभन्दा ठूलो व्यक्तिगत आर्थिक सहयोग रकम हो ।

४. जर्ज सोरोस : हंगेरियन मूलका अमेरिकी अर्बपति तथा दानविर समाजसेवी जर्ज सोरोसले कोरोना भाइरस महामारी विरुद्धको लडाइँमा १३ करोड डलर आर्थिक सहयोग गरेका छन् ।

५. जेफ बेजोस : विश्वका सबैभन्दा धनी व्यक्ति अमेजन कम्पनीका मालिक जेफ बेजोस कोरोना विरुद्धको लडाइँमा भएको आर्थिक सहयोगको मामिलामा चाहिँ ५ नम्बरमा रहेका छन् । कोरोना भाइरस महामारीका कारण विश्वका अन्य धेरै अर्वपतिहरुको सम्पत्तिमा गिरावट आएको बेला बेजोसको सम्पत्ति भने तिव्र रुपमा बढिरहेको छ ।

लकडाउनका बेला अमेजनको अनलाइन व्यापार चम्किँदा बेजोसको सम्पत्तिमा पनि ठूलो बढोत्तरी भएको छ । तिनै बेजोसले कोरोनाविरुद्धको लडाइँमा चाहीँ १० करोड डलर दान गरेका छन् ।

६. माइकल डेल : आईटी कम्पनी डेल टेक्नोलोजीजका अध्यक्ष तथा सिइओ माइकल डेल पनि कोरोनाविरुद्धको लडाइँमा गरिने आर्थिक सहयोगमा अगाडि छन् । उनले पनि बेजोसले जत्ति नै अर्थात् १० करोड डलर आर्थिक सहयोग गरेका छन् ।

७. एन्ड्रू फरेस्ट : अष्ट्रेलियन अर्वपति फरेस्टले कोरोनाविरुद्धको लडाइँका लागि १० करोड डलर दान गरेका छन् ।

८. जेफ्री स्कल : इन्टरनेट क्षेत्रका क्यानाडेली अर्बपति तथा स्कल फाउण्डेसनका अध्यन जेफ्री स्कोलले कोरोना विरुद्धको लडाइँमा १० करोड डलर आर्थिक सहयोग गरेका छन् ।

९. माइकल ब्लुम्बर्ग : अमेरिकी अर्बपति तथा मिडिया कम्पनी क्षेत्रका बादशाह माइकल ब्लुम्बर्गले कोरोनाविरुद्धको लडाइँका लागि ७ करोड ४५ लाख अमेरिकी डलर योगदान गरेका छन् ।

१०. लीन एण्ड स्टेसी सुस्टरम्यान : अमेरिकी अर्बपति चाल्र्स सुस्टरम्यानकी पत्नी लीन तथा छोरी स्टेसीले कोरोना भाइरसविरुद्धको लडाइँमा हालसम्म ७ करोड अमेरिकी डलर दान गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?