Breaking News

स्मार्टफोनमा पनि डेस्कटपझैं काम गर्न सकिने

May Mon 2020 01:56:04

999 views

स्मार्टफोनमा पनि डेस्कटपझैं काम गर्न सकिने

कम्पनीहरुले मोबाइलमै पनि डेस्कटप भर्सन सफ्टवेयरको विकासमा लागेका छन् । र, यसको शुरुवात सन् २०१७ मै भइसकेको छ ।

सामसुङ डेक्स र हुवावेको इएमयूआई डेस्कटपको युएसबी-सी तथा एचडीएमआईको प्लग मोबाइलबाट मोनिटर वा टेलिभिजनमा काम गर्न सकिन्छ ।

यसका लागि तपाईसँग किबोर्ड र माउस भने चाहिन्छ भने ट्रयाकप्याड पनि चाहिन्छ ताकी काम गर्दा कम्प्युटर जस्तै लागोस । त्यसैले यी तीन चिजले स्मार्टफोनलाई कम्प्युटरका रुपमा काम गर्न सक्ने बनाउन सकिन्छ ।

यसका लागि द नेक्स डगले यी सबै समस्यालाई समाधान गर्ने अनुमान गरिएको छ । यसका ल्यापटपको सेल जडान हुनेछ ।
यो बाहिरी रुपमा ल्यापटप जस्तै देखिए पनि आन्तरिक रुपमा प्रोसेसर, मेमोरी तथा हार्डड्राइभको भने कमी हुनेछ । तर अब भने यी तीन एसेसेरिजका कारणले हुवावे र सामसुङका स्मार्टफोनलाई कम्प्युटरका रुपमा प्रयोग गरिनेछ ।

द नेक्स डटक सफ्टवेयरले हुवावे पी ४० प्रो र सामसुङ ग्यालेक्सी फोल्ड दुबैलाई डेस्कटपका रुपमा काम गर्न सक्ने गरी विकास गरिएको छ ।

यो सफ्टवेयरले मोबाइल फोनलाई डेस्कटप मोडमा लैजान्छ । यद्यपि इन्सटाग्रामलगायतका एप भने अर्कै स्वरुपमा देखिन सक्छन् । तर त्यसबाहेक गुगल डक्स, माइक्रोसफ्ट वर्ड, एक्सेल तथा अन्य वेव ब्रोजरहरु भने डेस्कटप फम्र्याटमा देखिन्छन् ।

हार्डवेयरको कुरा गर्दा द नेक्सडक एप्पलको म्याकबुक जस्तै देखिन सक्छ । स्पेस ग्रे आल्मुनियम कोटिङदेखि कालो किबोर्ड तथा मेसिन ट्रयापरल छ । जसमा १३.३ इञ्च स्क्रिन, १९२० गुणा १०८० रिजोलुसन पनि उपलब्ध हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?