सिंगापुरले आफ्ना नागरिकहरुमा सामाजिक दुरीको पालना गराउन रोबोट कुकुरको प्रयोग गरेको छ । बोस्टोन डाइनामिक्स कम्पनीले उत्पादन गरेको चर्चित कुकुर रोबोट स्पटलाई सिंगापुरको धेरै मानिस भेला हुने एक स्थानीय पार्कमा परिचालन गरिनेछ।
उक्त चारखुट्टा भएको ठ्याक्कै कुकुरको स्वरुप रहेको रोबोटले पार्कको गस्ती गरिरहनेछ । र, त्यसरी पार्कमा घुमिरहँदा मानिसहरुलाई सामाजिक दुरी कायम गर्न आग्रह गरिरहनेछ ।
उक्त रोबोटमा क्यामडा जडित रहेको छ । जसले पार्क र आसपासका तस्वीरहरु खिचेर सम्बन्धित सरकारी निकायहरुमा पठाउनेछ । जसबाट सरकारी अधिकारीहरुले पार्कमा कति मानिसहरु उपस्थित छन् र सामाजिक दुरीको पालना गरिरहेका छन् कि छैनन् भन्ने जानकारी पाउनेछन् ।
यद्यपि त्यसरी रोबोटले खिच्ने तस्वीरमा व्यक्तिका अनुहार तथा अन्य विवरणहरु छोपिनेछन् । जसका कारण व्यक्तिको गोपनीयतामा असर पर्नेछैन ।