Breaking News

साइबर ब्यूरो वा साइबर सेक्युरिटीबाट फोन आएमा कसैलाई आफ्नो जानकारी नदिनू : नेपाल प्रहरी

May Fri 2020 04:25:35

1424 views

साइबर ब्यूरो वा साइबर सेक्युरिटीबाट  फोन आएमा कसैलाई आफ्नो जानकारी नदिनू : नेपाल प्रहरी

नेपाल प्रहरीको साइबर ब्यूरोले ‘म साइबर क्राईमबाट बोलेको वा साइबर सेक्युरिटीबाट कल गर्दैछौं’ भनेर फोन आएमा कसैलाई आफ्नो जानकारी नदिन आग्रह गरेको छ ।

साइबर ब्यूरोले सोमबार एक सूचना प्रकाशित गरी फोन तथा इमेल लगायत कुनैपनि माध्यमबाट आफ्नो जानकारी माग भएमा कोही कसैसँग आफ्नो गोप्य वा कुनै किसिमको सूचना आदान प्रदान नगर्न आग्रह गरेको हो ।

ब्यूरोले ‘म साइबर क्राईमबाट बोलेको’ वा ‘साइबर सेक्युरिटीबाट कल गर्दैछौं’ भन्ने जस्ता भाम्रक विवरण र प्रहरीको हवाला दिदै केही समय देखि अपरिचित व्यक्तिहरुले अश्लिल फोटो तथा भिडियो पठाउन लगाई ब्ल्याकमेलिङ गर्ने र सामाजिक सञ्जालमा पोष्ट गरी चरित्र हत्या गर्ने क्रियाकलापहरु गर्ने गरेकाले यस्ता किसिमको घटनाको अनुसन्धान साइबर ब्युरोबाट भइरहेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?