Breaking News

अमेजनका सीईओ जेफ बेजोस विश्वकै पहिलो डलर खर्बपति

May Sun 2020 11:26:26

976 views

अमेजनका सीईओ जेफ बेजोस विश्वकै पहिलो डलर खर्बपति

काठमाण्डौ । विश्वको दिग्गज ई–कमर्स कम्पनी अमेजनका फाउन्डर तथा सीईओ जेफ बेजोस सन् २०२६ को सुरुआतसम्म विश्वकै पहिलो खर्बपति बन्न सक्ने अनुमान गर्न थालिएको छ। त्यतिखेर उनको उमेर ६२ वर्ष हुनेछ।

एक अध्ययनले बेजोस विश्वकै पहिलो खर्बपति बन्ने लगभग निश्चित रहेको देखाएको हो। त्यसो त विश्व महामारी कोरोनाभाइरसको संकटका कारण बेजोसले हालै ३ हजार ८०० करोड डलर गुमाउनुपरेको छ। यद्यपि उनी अहिले पनि विश्वकै अर्बपति धनाढ्यको सूचीमा पहिलो स्थानमै छन्।

अध्ययनअनुसार फेसबुकका फाउन्डर मार्क जुकरबर्गलाई खर्बपतिको सूचीमा पर्न अझै १ दशक लाग्ने देखिएको छ। जुकरबर्गको अहिले ग्रोथ रेटअनुसार उनी ५१ वर्षको हुँदा उनको सम्पत्ति १ लाख करोड डलर पुग्ने अनुमान गरिएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?