Breaking News

ह्याकर समूहले ट्रम्पका गोप्य सूचना सार्वजनिक गरिदिने धम्की

May Tue 2020 02:38:34

1104 views

ह्याकर समूहले ट्रम्पका गोप्य सूचना सार्वजनिक गरिदिने धम्की

अमेरिकी साइबर आपराधिक गिरोहले एक ‘ल फर्म‘ ह्याक गर्दै यदी आफूले ४२ मिलियन डलर भुक्तान नपाए राष्ट्रपति डोनल्ड ट्रम्पका सूचना सार्वजनिक गरिदिने चेतावनी दिएको छ ।

उक्त समूहले ट्रम्पसँग सम्झौता गरेको कुनै प्रमाण भने उल्लेख गरेको छैन । यद्यपि ठूलो संख्यामा ल फर्मबाट चोरी भएका फाइल सार्वजनिक गरिसकेको छ । उक्त ल फर्मले भने ट्रम्प यसमा सम्बन्धित नभएको जनाएको छ । अर्थात् ल फर्मका अनुसार ट्रम्प यसमा ‘क्लाइन्ट’ हैनन् । साथै फर्मका प्रवक्ताले कुन ग्राहकसँग सम्झौता गरिएको थियो त्यो पनि प्रष्ट नभएको जनाएका छन् ।
तर साइबर आपराधिक उक्त समूहले भुक्तानी नदिए ट्रम्पसँग सम्बन्धित कागजात सार्वजनिक गर्ने धम्की दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?