नेपालमा अनलाइन तथा डिजिटल प्रविधिमार्फत कारोवार गर्नेको सङ्ख्या बढ्दै गएको छ । कोरोना सङ्कटसँगै सरकारले गरिरहेको लकडाउनका कारण प्रयोगकर्ता बढिरहेका छन् भने डिजिटल कारोवारमा बढोत्तरी भएको छ ।
सन् १९९० मा पहिलोपटक नेपालमा क्रेडिट कार्डको शुरुआत भएको थियो भने सन् २००२ मा पहिलोपटक कुमारी बैंकले ई–बैंकिङको शुरुआत गरेको थियो । अहिले नेपालमा १३ वटा पेमेन्ट सर्भिस प्रोभाइडर छन् भने नौवटा पिएसओ ९पेमेन्ट सर्भिस अपरेटर० सेवा राष्ट्र बैंकको अनुमतिबाट सञ्चालनमा छन् । सबै किसिमका डिजिटल पेमेन्ट प्रयोगकर्ता एक करोडभन्दा बढी रहेको राष्ट्र बैंकको तथ्याङ्क छ ।
लकडाउनको समयमा डिजिटल कारोवारको महत्व बढ्नाका साथै प्रयोगकर्ताहरू पनि थपिएका छन् । अहिले अधिकांश वाणिज्य तथा विकास बैंकले अनलाइन र मोबाइल बैंकिङलाई प्रवद्र्धन गरिरहेका छन् । एक वर्षको अवधिमा पिएसपी सेवा प्रदायकहरू ई–सेवा, आइएमई पे, प्रभु पे, खल्ती, सेल पे जस्ता डिजिटल वालेटका ग्राहकहरूमा उल्लेख्य बढोत्तरी भएको छ भने कनेक्ट आइपिएसले सरकारी सेवामार्फत हुने आम्दानीको पाँचदेखि सात प्रतिशत कारोवार अनलाइनमार्फत गरिरहेको छ ।