Breaking News

ई–शिक्षा लिन टेलिकमको डाटा प्याकेज सञ्चालनमा

May Wed 2020 08:24:26

910 views

ई–शिक्षा लिन टेलिकमको डाटा प्याकेज सञ्चालनमा

काठमाडौं । नेपाल टेलिकमले सरकारले लकडाउन गरेको अवधिमा विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाईनमा सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यले ई–शिक्षा प्याकेज कार्यान्वयनमा ल्याएको छ । 

ई–शिक्षा प्याकेजअन्तर्गत रु २६० मा छ जिबी र रु ५०० मा १५ जिबी डाटा २८ दिनभित्र उपयोग गर्न सकिने गरी उपलब्ध हुनेछ, रु २६० मा प्राप्त हुने कूल छ जिबीमध्ये तीन जिबी डाटा बिहान ५ः०० बजेदेखि बिहान १०ः०० बजेसम्म प्रत्येक दिन जम्मा पाँच घण्टा प्रयोगमा ल्याउन सकिने छ भने बाँकी तीन जिबी डाटा जुनसुकै समयमा प्रयोग गर्न सकिने छ”, विज्ञप्तिमा उल्लेख छ । 

यसैगरी रु ५०० मा २८ दिनसम्म उपलब्ध हुने १५ जिबी डाटामध्ये छ जिबी डाटा बिहान ५ः०० बजेदेखि बिहान १०ः०० बजेसम्म प्रत्येक दिन जम्मा पाँच घण्टा मात्र प्रयोग गर्न सकिने र बाँकी नौ जिबी डाटा जुनसुकै समयमा प्रयोग गर्न सकिने छ । ई–शिक्षा प्याकेज नेपाल टेलिकमले प्रदान गर्ने सबै प्रकारका जीएसएम मोबाइल डाटा सेवा ९टुजी, थ्रिजी र फोरजी० मार्फत प्रयोग गर्न सकिने छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?