Breaking News

सिंगापुर अदालतले भिडिओ कलबाटै मृत्युदण्डको फैसला सुनायो

May Wed 2020 08:01:57

950 views

सिंगापुर अदालतले भिडिओ कलबाटै मृत्युदण्डको फैसला सुनायो

सिंगापुरले लागूऔषध कारोवारीमा संलग्न भएको भन्दै एक मलेसियन युवकलाई ‘जूम भिडिओ कल’ मार्फत नै मृत्युदण्ड सुनाएको छ ।

सिंगापुरमा यसरी टाढैबाट ‘भर्चुअल’ माध्यमबाट मृत्युदण्डको सजाय सुनाइएको पहिलो घटना हो । पुनिथन गेनसान नामका ३७ वर्षीय मलेसियन नागरिकमाथि सिंगापुरले  यस्तो सजाय सुनाएको हो ।

यहाँको अदालतका अनुसार २०११ मा ती युवा गैरकानुनी रुपमा लागूऔषध लेनदेनमा जिम्मेवार थिए । कोरोनाभाइरस विरुद्ध लकडाउनका कारण ती युवालाई भिडिओ कल मार्फत नै सजाय तोकिएको हो ।

मलेसियन ती नागरिक स्वयं पनि भिडिओ कलमा संलग्न थिए । सर्वोच्च अदालतका प्रवक्ताका अनुसार यसरी भौतिक रुपमा टाढा नै रहेर मृत्युदण्ड सुनाइएको सिंगापुरमा यो पहिलो घटना हो ।
यद्यपि अधिकारकर्मीहरुले यस्तो राष्ट्रिय मुद्दामा जूम कलमार्फत फैसला सुनाइनु उचित नभएको भन्दै आलोचना गरेका छन् ।





http://annapurnapost.com/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?