Breaking News

नेपाल सरकारमाथि भारतीय ह्याकरको धावा, निशानामा सरकारी वेवसाइट

May Thu 2020 09:16:20

1144 views

नेपाल सरकारमाथि भारतीय ह्याकरको धावा, निशानामा सरकारी वेवसाइट

 नेपाल र भारतबीच सीमा विवाद चलिरहँदा उनीहरु नेपाली वेवसाइटहरु ह्याक गर्ने प्रयास गरिरहेका छन् । 

साइबर ट्रुप्स नाम गरेको सो समूहले सामाजिक सञ्जालमा लेख्दै बाँकेको वनस्पति अनुसन्धान केन्द्रको वेवसाइट ह्याक गरेको बताएको छ ।

उसले सामाजिक सञ्जालमा लेखेको छ, नेपाल सरकारको साइट ह्याक गरेका छौं, कारण थाहै होला, हामीले साइट फेरि चल्न दिएका छौं । यो सामान्य चेतावनी मात्र हो, भारतीयसँग गडबड नगर्नुहोस् ।’

भारतीय ह्याकर मात्र होइन, भारतीय मिडियाहरु पनि अहिले नेपालको खुलेआम विरोधमा उत्रेका छन् । हिजो मात्रै भारतका एक टेलिभिजनका कार्यक्रम सञ्चालकले काँग्रसका नेता मिनेन्द्र रिजालसँग चीनियाँ ह्याकरहरुले तपाईहरुको वेवसाइट ह्याक गर्छ, फेरि उनीहरुकै पक्षमा किन जानुहुन्छ भन्ने प्रश्न गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?